ली जी वानले पोलियोका कारण सानैमा दुबै खुट्टा गुमाए । तर पनि उनले किसान भन्ने आफू सपना पूरा गर्ने कसम खाए र आफ्नो वचनमा डगमगाएनन् ।
४६ वर्षका ली उनको खेतीपातीको शैलीका कारण अहिले चीनमा चर्चित छन् । विकलांगताको बावबुत उनले खेती किसानीको काम जारी राखे । उनी हिलाम्मे खेतमा धान रोप्छन्, आवश्यक सामान ओसार पसार गर्न आफूलाई अनुकल हुने गरी मोटर बनाएका छन् ।
गरीब परिवार भएका कारण उनले ११ वर्षदेखि पढ्न पाएनन् । तर, उनले मेहनत गरे र केही पैसा बचाएर गाउँमा जनरल स्टोर खोले ।
हालै चिनियाँ टीभीमा आफ्नो संर्घषको कथा सुनाएपछि उनी सेलिब्रेटी बनेका छन् ।
उनले २० वर्षको उमेरमा विवाह गरे । उनका दुई छोरीहरु बाबुलाई सहयोग गर्छन् । उनी अरुलाई सहयोग गर्न चाहने भएकाले छरछिमेकमा पनि सबैले मन पराउँछन् ।
Post a Comment