२०७१ जेठ ३० गते
जैविक
रुपमै महिलालाई सम्भोगमा चरम आनन्द प्राप्त गर्न केही लामो समय लाग्छ ।
त्यसकारण धेरै महिलाहरुले सम्भोगका बेला चरम आनन्दको अनुभुति गर्नै
पाउँदैनन्, यद्यपि यौनसाथी सँग चरम आनन्द पाएको ढोँग भने धेरै महिलाले
गर्ने मनोविज्ञहरुको दाबी छ ।
तर
अब महिलालाई यौनमा चरमसुख प्राप्त गर्न सहयोग गर्ने जेल तयार भएको छ ।
उक्त जेल नाकमा लेपन गरेपछि महिलाले सम्भोगमा छिटै र सजिलै चरम सुख प्राप्त
गर्ने दाबी गरिएको छ ।
क्यानडाको
एक कम्पनीले यस्तो जेल निर्माण गरेको छ जो सम्भोगका बेला महिलाको निकै
भरपर्दो साथी बन्न सक्छ । ट्राइमेल फार्मास्युटिकल्स कर्पोरेसनले बनाएको
जेलको नाम टेफिना राखिएको छ ।
यो जेलमा सेक्स हर्मोन टेस्टेस्टेरोन हर्मोनको प्रयोग गरिएको छ जसले यौन सन्तुष्टि प्राप्त गर्न सहयोग पूराउँछ ।
यो
जेलको परीक्षणबाट यसले कुनैपनि साइड इफेक्ट नगर्ने पुष्टि भएको उत्पादकको
दाबी छ । अब छिटै यसलाई बजारमा ल्याउने तयारी ट्राइमेलले गरेको छ ।
खासगरी
सम्भोगमा चरम आनन्द प्राप्त नहुने वा गडबडी रहेको महिला -फिमेल अर्गाज्मिक
डिसअर्डर) को उपचारको ध्येय अनुरुप तयार पारिएको यो जेल यौन सन्तुष्टि
प्राप्तिमा सार्थक सहयोगी हुने विश्वास गरिएको छ । स्मरण रहोस् विश्वमा
हरेक ५ जनामा एक जना महिलामा यस्तो यौनिक समस्या छ ।
यो
जेलको परीक्षणका बेला अमेरिका, अस्ट्रेलिया तथा क्यानडाका चरमसुखको समस्या
झेलिरहेका २५३ महिलालाई सहभागी गराइएको थियो । उनीहरुलाई ८४ दिनसम्म यो
जेल प्रयोग गर्न दिइयो । त्यसक्रममा जेल प्रयोग गरेका महिलामा चरमसुख
प्राप्तिको दर निकै बढेको पाइयो ।
Post a Comment