पारस खड्कालाई कुराएर हेपेको भन्दै आक्रोस व्यक्त

गायक राजेश पायल राइले बलिउड सुपरस्टार आमिर खानलाई दक्षिण एसियाको सद्भावना दूत घोषणा गर्न बिहिबार आयोजित कार्यक्रममा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई आयोजक युनिसेफले हेपाहा व्यवहार देखाएको भन्दै आक्रोस पोखेका छन् । आयोजकले कप्तान पारस खडकालाई कुराएर हेपेको भन्दै उनले आयोजकले पारसलाई हेप्ने अधिकार कहाँबाट पायो भन्ने प्रश्न गरेका छन् ।
‘कप्तान पारस खड्कालाई कुराउने अनी हेप्ने, त्यो आयोजकलाई कसले अधिकार दियो?’ गायक राइले ‘अमिर आउँदा पारसलाई उपेक्षा’ शीर्षकमा रातोपाटीमा प्रकाशित समाचारमा कमेन्ट गर्दै भनेका छन्,‘ तेही अमिर खान होइन, जसले नेपाली लाई होच्याएर चिसो भनेकेइ कोककोला भन्ने ?’
गायक राइले हरेक नागरिकका लागि आफ्नो राष्ट्र महान हुने बताउँदै हाम्रो लागि आमिर नभएर आफ्नै राष्ट्र महान हुने बताएका छन् । ‘हाम्रो लागि हाम्रो राष्ट्र महान हो, अमिर होइन चेतना भया’ राइले आक्रोस पोख्दै भनेका छन् ।

Post a Comment