क्वालालम्पुर । मलेसियामा एक नेपाली सुतेको सुत्यै भएका छन् । झापा जिल्ला विर्तामोड विर्तावजार घर भएका ३९ वषिर्य एकनाथ अधिकारीको सुतेकै अवस्थामा विहिवार विहान ज्यान गएको हो ।
दुई महिना अगाडि मात्रै रोजगारीको लागि मलेसिया आएका अधिकारी क्वालालम्पुरको श्री हर्तमासमा रहेको एक सपिङ सेण्टरमा कार्यरत रहेको थिए । वुधवार राति सम्म घरमा सम्पर्क गरी आफु सकुशल रहेको उनले जानकारी गराएका थिए ।
मलेसियामै रहेका अधिकारीका साला महेन्द्र सापकोटाकाले भने भिनाजुसंग वुधवार राती ११ वजेसम्म टेलिफोनमा कुराकानी भएको थियौ अचानक खवर सुन्दा अत्यैन्तै दुखि छु ।
अधिकारीको परीवारमा श्रीमति दुई छोरा र एक छोरी रहेको वुझिएको छ । शवलाई नेपाल पठाउने तयारी भैरहेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment