news and more entertainment

पूर्वयुवराज पारस नेपाल आउने तयारी

थाइल्यान्डमा गाँजा सेवनको अभियोगमा पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई तिहारलगत्तै काठमाडौं बोलाउने तयारी परिवारले गरेको छ। उनलाई धरौटीमा रिहा गराउने प्रयास भएको छ। धीरेन्द्र शाहका छोरी सीताष्मा र बहिनी प्रेरणाले पारसलाई रिहा गराउन यसपटक चासो राखेका स्रोतको भनाई छ। स्रोतका अनुसार बाबु ज्ञानेन्द्र शाह र आमा कोमल पनि पारसको अवस्थाबारे चिन्तित छन्। यसपटक रिहा भएमा जसरी भए पनि पारसलाई काठमाडौंमै बोलाउने तयारी शाही परिवारको रहेको स्रोतको दाबी छ। चार वर्षको भिसाअवधि सकिएपछि गत २१ साउनमा तीन महिनाका लागि पारसको भिसा थप गरिएको थियो। अर्को पटक भिसाको नथपी नेपाल बोलाउनुपर्ने सल्लाह नातेदारहरूले परिवारलाई दिएको स्रोतको भनाई छ,आजको नयाँ पत्रिका दैनिकमा खबर छ। भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget