news and more entertainment

के विवाहपूर्व यौनसम्पर्क राखेको थाहा पाहिन्छ ?

यौन आकर्षण हामी सबैमा स्वाभाविक रूपमै हुने कुरा हो। यौन इच्छा एकदमै तीव्र हुने भए पनि प्रायःजसो नव-युवायुवती यौनसम्पर्क अनि त्यसका असरहरूलाई सामना गर्न आवश्यक रूपमा तयार हुँदैनन्। अर्को व्यक्तिसँग सम्बन्ध विकास गर्दा कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान उनीहरू सहजै गर्न पनि सक्दैनन् भने अर्कातिर कति पुगेपछि रोक्नु उचित हुन्छ भन्ने कुरा पनि विवेकपूर्ण रूपमा ठम्याउन सक्दैनन्। ज्ञान भए पनि आवश्यक सीप नहुन सक्छ। ग्रामीण होस् वा सहरी समाजमा युवायुवतीहरूले एक-अर्कामा सम्बन्ध विकास गर्ने विभिन्न अवसर प्राप्त हुने वातावरण हुन्छ। यस्तो बेलामा कसरी सही निर्णय लिन सक्ने भन्ने सीप हुनु नै मुख्य कुरा हो। यदि यौनसम्पर्कका लागि सबै कुरा ठीक छैन भने यौनसम्पर्क नै नगर्ने निर्णय पनि लिन सक्नुपर्छ। योजनाबद्ध नहुने भएकाले भैपरी हुने यौनसम्पर्कमा जहिले पनि अनिच्छित गर्भ रहने जस्तो दुर्घटनाको जोखिम हुन सक्छ। तपाईंको झगडा भएको र सम्बन्धले निरन्तरता नपाएको कुराले केही नरमाइलो लागेको छ, तर सम्बन्ध टुट्नुबाहेक अनिच्छित गर्भ रहनेजस्ता समस्याबाट जोगिनु भएको देखिन्छ। सायद गर्भनिरोधका साधन प्रयोग गर्नुभएको थियो हो ला।

प्रेम परेकै थियो ?

दुई विपरीत लिङ्गीबीचको अन्तरङ्ग रोमान्टिक सम्बन्धको एक विकसित रूप प्रेम हो। भनिन्छ, प्रेममा शारीरिक रूपमा यौनसम्पर्क राख्ने ध्येयले प्राथमिकता पाउँदैन। प्रेम वास्तवमा विस्तारै हुने प्रक्रिया हो र दुई व्यक्ति साथसाथै हुर्कंदा यो विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ। प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र उक्त व्यक्तिलाई सुखी राख्न प्रयत्न गरिन्छ। प्रेम विश्वसनीय, निश्छल, सुनिश्चित तथा आत्मविश्वासले पूर्ण हुन्छ र दीर्घकालीन हुन्छ। प्रेमीहरू आफ्नो सम्बन्धमा गर्व गर्छन्। प्रेममा शारीरिक पक्ष अलि पछि प्राकृतिक रूपमा र निष्कपटताका साथ आउँछ। प्रेममा आफूले प्रेम गरेको व्यक्तिलाई दुःख दिने, समस्यामा पार्ने, लक्ष्यबाट विमुख पार्ने र भविष्यमै नकारात्मक असर पार्ने किसिमका क्रियाकलाप गरिँदैनन्।
वास्तविक प्रेम नभै भौतिक आकर्षण मात्रको कुरा हो भने त्यसलाई प्रेम भन्न मिल्दैन। तपाईंले भन्नुभएजस्तै कतिपय पुरुषले यौनसम्पर्क गनर् का लागि प्रेमको झूटो नाटक वा अभिनय गर्छन् र यौनसम्पर्क गर्ने आफ्नो उद्देश्य पूरा भएपछि सम्बन्धलाई निरन्तरता दिँदैनन्। तपाईंहरू बीचको सम्बन्ध कस्तो थियो, तपाईंले नै जान्ने कुरा हो।

के विवाहपूर्व यौनसम्पर्क राखेको थाहा पाउलान् ?

पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यो अवस्थाबाट गुज्रनुभएको होला भन्ने थाहा पाउन सजिलो छैन। महिला यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी पुरुषलाई हुने भए पनि तपाईंको भगक्षेत्र तथा योनिको बनावट वा स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन र यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो। हुनत आफूले विवाह गर्न लागेकी दुलही ‘कुमारी’ हो कि होइन भन्ने चासो धेरै पुरुषलाई हुनसक्छ, तर यो कुरा पत्ता लगाउन भने सजिलो छैन। कुनै युवती कुमारी हो कि होइन योनिच्छद -जymभल) भए- नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ, तर यकिनका साथ भन्न वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन। किनभने कुनै-कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा राम्रोसँग विकास नै नभएको हुनसक्छ। प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै कतिपय युवतीमा शारीरिक क्रियाकलापका दौरानमा योनिच्छद च्यातिन सक्छ। कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कने खालको हुन्छ। यस्तो स्थितिमा कतिपयको महिलाको यौनसम्पर्क राखिसकेपछि पनि सो पातलो झिल्ली नच्यातिएको अवस्थ्ाामा हुनसक्छ। यस्तो स्थितिमा कौमार्य भङ्ग भएको भए पनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ।
देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुषहरू प्रस्तै पाइन्छन्, तर उनीहरूले जहिले पनि पहिलो यौनसम्पर्क राखेको माने पनि वास्तविकतामा त्यस्तो नभएको हुनसक्छ। पहिलोपल्ट सम्पर्क हँुदैछ भन्ने भान पार्न अभिनयका लागि विशेष तालिम नै दिइन्छ भने अर्कातिर भिक्टोरियन अवधिमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुकाको प्रयोग गरिएका उदाहरणसम्म पनि भेटिएका छन्। यसको निचोड के हो भने अन्य कुनै तरिकाबाट सूचना नपाएको स्थितिमा सामान्यतया पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखेको निश्चित रूपमा थाहा पाउन सक्दैनन्। त्यसैले यौनसम्पर्क राखेको थाहा पाउला भन्ने कारणले आएका विवाहका सबै प्रस्ताव स्वीकार गर्न हुन्छ वा विवाह गर्नु हुँदैन भन्ने छैन। भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget