news and more entertainment

पिउदा कसरि पिउनु हुन्छ ध्यान दिनु पर्ने चुरो कुरो ??


- रक्सी कस्तो र कसरी पिउने भन्ने कुरा खाने स्थानको वातावरणले पनि निर्धारण गर्छ। 

- मौसमअनुसार पिउने रक्सी पनि फरक-फरक हुन्छ। 

‍‍- मध्य दिनमा र साँझमा पिउने रक्सीमा एकरूपता हुँदैन। 

- रक्सी कुन किसिमको हो, त्यही अनुरूपको स्न्याक्स खानुपर्छ। 

‍- रक्सी पिउँदा मुखमा हल्का खेलाएर निल्नुपर्छ। किनभने सुरुमा रक्सीको स्वाद जिब्रोले महसुस गर्नुपर्छ।



विजातीय परिकार
  

हामी एकसाथ धेरै परिकार खान रुचाउँछौ। यद्यपि यसरी खाना खाँदा ती खानेकुराबीच कति समानता छ  भन्ने कुराको हेक्का राख्नुपर्छ। बेमेल खानाले स्वास्थ्यलाई हानि गर्छ। 

‍- माछा र दूध एकसाथ खानु हुँदैन। माछाले शरीरमा ताप पैदा गर्छ भने दूधले शीतलता। यी दुवैका गुण असमान छन्। 

‍- दूध र गहत एकसाथ खानु हुँदैन। दूध रसयुक्त हुन्छ भने गहत अम्लरसयुक्त हुन्छ। 

‍- सख्खर वा मह र मूलाको प्रयोग सँगसँगै गर्नु हुँदैन। 

‍- दूध र कटहर एकैपटक प्रयोग गर्नु हँुदैन। 

‍- दूध र नुन मिसाएर खानु हुँदैन। 



किचेन टिप्स

‍- कागतीलाई केही समय तातो पानीमा राख्ने हो भने त्यसबाट धेरै रस निकाल्न सकिन्छ। 

‍- महिनामा एकपटक मिक्सर एवं ग्राइन्डरमा नुन हालेर चलाए त्यसको ब्लेड धारिलो हुन्छ। 

‍- नुडल्स उमालेपछि त्यसमा चिसो पानी हाल्ने हो भने त्यो टाँसिँदैन भने चिप्लो पनि हुँदैन। 

‍- अण्डा ताजा हो कि होइन भनेर पत्ता लगाउन त्यसलाई चिसो पानीमा राख्नुपर्छ। यदि पानीमा डुब्यो भने ताजा हो, उत्रियो भने पुरानो। 

‍- उसिनेको अण्डाको खोस्टा राम्रोसँग निकाल्न त्यसलाई चिसो पानीमा पाँच मिनेट राख्नुपर्छ। 

‍- चिना, केराउजस्ता गेडागुडी छिटो गलाउन पानीमा उम्लिरहेका बेला केही थोपा तेल हाल्नुपर्छ।



कति पिउने ?

मदिरापान स्वस्थ्यका लागि हानिकारक हो भन्ने सामान्य ज्ञान सबैमा छ। यद्यपि मदिरापान गर्नेहरूको संख्या कम छैन। यदि पिउनै परे कति पिउने त ? अमेरिकन तथा युरोपियनहरूले ४० वर्ष काटेका पुरुषका लागि एउटा मापदण्ड बनाएका छन्। जसअनुसार वियर १ बोतल अथवा १ गिलास वाइन, भोड्का तथा हि्वस्की पिउने भए ६० मिली। 

विभिन्न अध्ययनअनुसार रगतमा ३० मिलीग्राम अल्कोहल भए खुसी हुने, ५० मिलीग्राम अल्कोहल भए सामान्य हिँडडुलमा गडबडी, १ सय मिलीग्राममा खुट्टा लरबरिने तथा २ सय मिलीग्राममा बिर्सने र ३ सय मिलीग्राममा पूरै ढल्ने हुन्छ।



टेबल म्यानर 

खानामा के खाने, के नखाने मात्र होइन कसरी खाने भन्ने कुरा पनि जान्नुपर्छ। खानेकुरा खाँदा केही शिष्टाचार पालना गर्नुपर्छ। 

‍- खाना खानुअघि प्लेट बजाउनु वा चम्चालाई हातमा खेलाउनु उपयुक्त मानिँदैन। 

‍- खाना खाँदा ठूलो आवाज निकाल्नु हुँदैन। 

‍- मुखभरि खाना दलेर, थालमा छरेर खाना खानु हुँदैन। 

‍- एकै चोटि ठूलो-ठूलो गाँस हाल्नु पनि सभ्य तरिका मानिँदैन। 

‍- हतार-हतार खाने बानी राम्रो होइन।

‍- मुख खुला गरेर आवाज निकाल्दै चपाउनु हुँदैन। 



के नखाने

‍- सडेको, बासी तथा तारेको खानेकुराले स्वास्थ्यमा प्रतिकूल असर गर्छ। 

‍- मासुको माध्यमबाट हाम्रो शरीरमा हानिकारक जीवाणु प्रवेश गर्छन्। त्यसले पाचन प्रक्रियामा पनि असर पुर्‍याउँछ। त्यसैले मासुजन्य पदार्थ सेवन स्वास्थ्यका दृष्टिले उपयुक्त मानिदैन। 

‍- भर्खरै वध गरेर तयार गरिएको आलो मासु खानु ठीक हँुदैन। 

‍- मैदाबाट बन्ने हरेकजसो परिकार स्वास्थ्यवर्द्धक मानिँदैनन्। 

‍- चोकर नभएको पीठो तथा पालिस गरिएको चामल खानु उपयुक्त हुँदैन। 



कति  पिउने पानी

शरीरिक स्वास्थ्य एवं सौन्दर्यका लागि हामी पानी पिउँछौ। यद्यपि पानी पिउने पनि सही तरिका अपनाउनुपर्छ। जथाभावी पिइने पानीले शरीरमा नकारात्मक असर पुर्‍याउन सक्छ।

‍- बिहान उठ्नासाथ पानी पिउने। 

‍- जाडोमा मनतातो पानी पिउनुपर्छ। 

‍- खानासँगै पानी पिउनु उपयुक्त हुँदैन। 

‍- खाना खाएको दुई घण्टापछि एवं खाना खानुभन्दा एक घण्टा अघि पानी पिउनु ठीक हुन्छ। 

‍- २४ घण्टाभित्र ३-४ लिटर पानी पिउनुपर्छ। 

‍- एकै समयमा धेरै पानी पिउनु हुँदैन।



कति खाने ?

- प्राेटिन, कार्बोहाइट्रेड, चिल्लो पदार्थ, भिटामिन तथा लवणसहित सन्तुलित खाना खानुपर्छ। 

‍- खानामा रेसादार तरकारी हरिया सागसब्जी तथा फलफूलको बाहुल्यता हुनुपर्छ। 

‍- तयारी खाना तथा एकै पटक धेरै खानु स्वस्थ्यवर्द्धक हुँदैन।

‍- खानपानका लागि बिहानको समय उपयुक्त मानिन्छ।

‍- बिहानको खाना दिउँसो र साँझको भन्दा बढी ऊर्जायुक्त र गहन हुनुपर्छ। भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget