news and more entertainment

जरिन खान पनि नेपाल आउने

काठमाडौं । अभिनेता जीतेन्द्र स-परिवार नेपाल घुमिरेको बेला बलिउडका अरु दुई कलाकार नेपाल आउने भएका छन् । अभिनेत्री जरीन खान र अभिनेता अजिज खान आउँदो शुक्रवार काठमाडौं आउने भएका छन् ।
होटल सोल्टी क्राउन प्लाजमा हुने फेसन सोमा सहभागी हुन उनिहरु नेपाल आउन लागेका हुन् । ब्लकबस्टर फेसन इभेन्ट्स र पनाच ग्यालेक्सीले संयुक्त रुपमा गर्ने इभेन्टमा ति कलाकारको विषेश प्रस्तुति रहने छ । कार्यक्रममा केही नेपाली मोडल समेत सहभागी हुने भएका छन् ।

कार्यक्रममा नेपाली मोडलले नेपाली डिजाइनरद्धारा तयार पारिएको पोशाक लगाउनेछन् भने जरिन र अजिजले बलिउड डिजाइनर विशाल कपुर र श्वेता सिरोहियाद्धारा डिजाइन गरिएको पोशाक प्रयोग गर्ने भएका छन् ।
जरिन सलमान अभिनित हिन्दी फिल्म ‘बीर’ की डेब्यु हिरोइन हुन् भने अजिज सलमानले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रम ‘बिगबोस’को अघिल्लो संस्करणका प्रतियोगी हुन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget