news and more entertainment

झमक घिमिरेलाई प्रस्ताव गर्न डराएँ:रेखा थापा

यसपल्ट दुइटै हात नभएका सुदर्शन गौतमलाई फिल्मको हिरो बनाउनुभएको छ। उहाँ तपाईंको फिल्मको कथाले चाहेको पात्र हो कि चर्चाको नयाँ अस्त्र ?
मूलतः फिल्म मनोरञ्जनका लागि बनाइन्छ। यसपल्ट मैले फिल्ममा मनोरञ्जनका साथै सन्देश पनि प्रवाह गर्ने सोच बनाएँ। जीवन काँडा कि फूलु पढेपछि मलाई झमक घिमिरेलाई हिरोइन बनाउने सोच पैदा भएको थियो। तर, उहाँको स्वभाव थाहा पाएपछि प्रस्ताव गर्न डराएँ। सुदर्शनलाई भेटेपछि चाहिँ मेरो त्यो सोचले पूर्णता पाउनसक्ने सम्भावना देखेँ। यो फिल्ममा उनलाई लिएर हरेक मान्छे आफैँमा हिरो हो भन्ने सन्देश प्रवाह गर्न खोजेकी हुँ।
तपाईंले चाहेको सन्देश धेरैमाझ प्रवाह हुनका लागि पनि त फिल्म चल्नुुपर्छ। चकलेटी अनुहार र सुन्दर ज्यान बनाएका हिरो हेर्ने नेपाली दर्शकमाझ उहाँलाई हिरो लिएर फिल्म बनाउनु तपाईंलाई दुस्साहस जस्तो लागेन ?
परिवारका सदस्यलाई मेरो योजना सुनाएपछि उनीहरूले तँ बौलाइस् भने। यो फिल्म पैसाका लागि होइन, सन्देशका लागि हो। मैले धेरै पाखुरा चलाउने हिरो जन्माएँ। ती फिल्म हेरिए पनि। यसपल्ट सुदर्शनलाई हिरो बनाएर दुस्साहस गरेँ नभनौँ, साहसको पराकाष्ठा चाहिँ हो यो। मलाई यो फिल्मबाट पैसा चाहिँदैन। एउटै चाहना भनेको हीनताबोधबाट गुज्रेका धेरैभन्दा धेरै युवाले फिल्म हेरेर आफूलाई ऊर्जावान् बनाउन्।
चर्चा र अन्य लोभबाट प्रेरित नभएर फरक क्षमता भएकामध्येबाट हिरो बनाउनु थियो भने यसअघि पनि त्यस्ता व्यक्ति भेट्नुभएको थियो होला !
सुदर्शन रियल हिरो हुन्। उनको हिरोइजमु युट्युबमा एक्सेस भएकाहरूले देखिसकेका छन्। तर, प्रविधिसँग नजिक नहुने ठूलो नेपाली समुदायलाई दुइटा हातबेगर नै उनले हासिल गरेका सफलता देखाउनुथियो। म फिल्म क्षेत्रमा भएकाले मात्रै होइन, यसका लागि उपयुक्त माध्यम पनि फिल्म नै हुन्थ्यो। महिलालाई बेसहारा भनिन्छ। तर, उसलाई उसको श्रीमान्, परिवारले संरक्षण गरिरहेकै छ। अहिले कोही बेसहारा छ भने ती बेरोजगार युवा हुन्। उनीहरूलाई केही गर्ने हिम्मत जुटाउनका लागि सुदर्शनजस्ता दुई हात नभएर पनि केही गर्ने कोसिस गरिरहने युवा प्रेरणाका स्रोत बन्न सक्छन् भन्ने लाग्यो। महिलाका लागि हिम्मत दिने त म छँदै छु। उनीसँग भेट भएपछि उनको तस्बिर हेरेँ। ती कलात्मक थिए। त्यसैले पनि हिरो बनाउने हिम्मत जुटाएकी हुँ। सुदर्शनलाई हिरो बनाएपछि उनीबाट टू इन वान काम भएको छ– प्रेरणा र मनोरञ्जन।
तपाईंलाई तर्क पनि दिन सकिने र चर्चा पनि भइरहने यस्ता उपक्रम खूब फुर्छन् है !
मैले चर्चाका लागि यस्ता काम गर्दिनँ। मेरा यी कामबाट आफूलाई चर्चामा ल्याउन अरूले नै चर्चा गरिदिन्छन्। म जे गर्छु, त्यसको चर्चा हुन्छ। तर, म अब पनि चर्चाको लोभ गर्नुपर्ने अवस्थामा छैन। १२ वर्षदेखि फिल्म क्षेत्रमा छु र चर्चामा पनि। रेखा थापा को हो रु भनेर सोध्दा सात वर्षको बालकले उत्तर दिने अवस्थामा रहेकी म किन चर्चाको लोभ गरूँ ?
तर, पछिल्लो तपाईंको कामले अघिल्ला कामहरू बिर्साइदिन्छन्। तपाईं आफैँले महत्व दिएजस्तो पनि देखिँदैन। जस्तो, राजनीति, रेखा थापा फाउन्डेसनमार्फतका समाजसेवा इत्यादि।
म त अहिले पनि राजनीति गरिरहेकी छु। त्यतिबेला चुनाव थियो र म सभामा भाषण गर्थें। अहिले कहाँ गएर भाषण गरूँरु मेरो कर्म फिल्म हो। त्यही कर्मबाट समाज परिवर्तनका लागि फरक क्षमता भएकाुलाई हिरो बनाएर युवालाई सकारात्मक सन्देश प्रवाह गर्दै छु। सुदूरपश्चिमको सौन्दर्य र संस्कृतिलाई फिल्ममा समेटेर फैलाउनुपर्छ भनेर मैले सुदूरपश्चिमको पिपलाडीमा गएर सुटिङ गरेँ। भव्य लोकसन राखेर फिल्म बनाउनु थियो भने विदेशका विभिन्न देशमा गएर गर्न सक्थेँ। राजनीति र समाजसेवाको मूल उद्देश्य यो भन्दा फरक छ र ?
सुदर्शन र तपाईंको चक्कर चलिरहेको छ ?
एस, म सुदर्शन गौतमलाई प्रेम गर्छु।
तपाईं आफैं सार्वजनिक गरिरहनुभएको छ। प्रेम चर्चाको विषय हो ?
होइन। र, म पनि ड्रामेबाज केटी होइन। जीवनमा पहिलोपल्ट प्रेममा परेँ र पहिलोपल्ट सार्वजनिक पनि गरेँ। मैले यो प्रेम सार्वजनिक गरेर एउटा सक्षम महिलाले प्रेम गर्नका लागि जातभात, अंगप्रत्यंग हेर्दिन भन्ने देखाउन खोजेकी हुँ। त्यसमाथि सुदर्शन त्यस्तो मान्छे हो, जोसँग तपाईं दुई घण्टा बस्नुभयो भने प्रेम गर्न थाल्नुहुन्छ।
फेसबुक स्ट्याटसमा प्रेम–संवाद चलाउनुभयो। त्यो त चर्चाको लोभजस्तो देखियो नि ?
फिल्म हिम्मतवालीको गीत थियो त्यो। त्यही अनुसार सुदर्शनले काउन्टर दिइरहेका थिए। जुन अहिले रिलिज भइसकेको छ, सुन्दा थाहा हुन्छ। लभ यू बाबा मैले मेरो बाबालाई भनिरहेको छु, फिल्म भित्र। अर्को कुरा म त्यस्तो फिल्डमा छु, जहाँ एक न एक दिन प्रेम थाहा हुन्छ। मैले भित्रभित्रै प्रेम गरेर चक्कर चलाएर बाहिर असल साथी हौँ भन्ने ढोँग त गरिनँ नि। सत्य स्विकारिदिएँ। मलाई लाग्छ, यस्ता कुराको जानकारी अरूलाई दिनुपर्छ। किनभने, पुरानो रीतिअनुसार पनि बिहे सबैलाई देखाउनर सुनाउनकै लागि बाजा बजाएर गरिन्छ।
तपाईंहरूबीच प्रेम छ। बिहे पनि हुन्छ ?
बिहेका लागि प्रेम गरिन्छ भने त्यो त स्वार्थ भइगयो नि। मलाई यत्ति थाहा छ, हामीबीच स्वच्छ प्रेम छ।
हाम्रो समाजले विवाहअघि शारीरिक सम्बन्धलाई त्यति राम्रो मान्दैन। त्यसकारण शारीरिक आवश्यकताले पनि त्यो हदसम्म पुर्याउला ?
त्यसबारे मैले सोचेकै छैन। तपाईंले पो घचघच्याइदिनुभयो त !
सँगै बस्नुहुन्छ, विदेश जानुहुन्छ। एकजोडी प्रेमीको यो लेभलको प्रेम र बसउठमा शारीरिक आवश्यकता बोध नै नभएको कुरा कसरी पत्याउने ?
म त्यस्ता कुराबाट गुज्रिएकी छैन। त्यसैले त्यस्तो भएको छैन। विश्वास गर्नेरनगर्ने त्यो सोच्नेका लागि फ्री छाडिदिउँ कि।
बजारमा अर्को हल्ला पनि छ। यो फिल्ममा लगानी सुदर्शनको छ। सुदर्शनको पैसाका कारण पनि तपाईं आकर्षित हुनुभएको हो रे ?
यो देशमा रेखा थापा त्यस्तो केटी हो, जसलाई पैसाको पुले छुँदैन। स्मरण रहोस्, पैसाको पछि कुद्ने भएको भए म गौरीघाट ९छवि ओझाको घर० मै हुन्थेँ। मलाई थाहा छैन, सुदर्शनसँग पैसा कति छ। मैले यो फिल्ममा उसलाई पारिश्रमिक दिएरै फिल्म खेलाएकी हुँ। हिरोलाई कति पारिश्रमिक दिन्छु भन्ने कुरा मेरा अघिल्ला फिल्मका हिरो किशोर खतिवडालाई सोधे पनि थाहा हुन्छ।
तपाईंका माथिका भनाइअनुसार तपाईं सदैव असल मार्गमा हिँडिरहनुभयो। तर, बजारमा तपाईंको इमेज अर्कै किन बन्यो ?
फिल्मको पर्दामा देखिएकी ह्यांकीप्यांकी रेखा थापालाई हेरेर बजारले मेरो इमेज बनाइदियो। रियल रेखा थापा कसैले चिन्ने कोसिसै गरेन। तर, पनि मेरो इमेजबाट म असन्तुष्ट छैन।
शुक्रबारबाट

भिडियो तल छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget