४० वर्षपछि पहिलो पटक आवाज सुन्दा …. (भिडियोसहित)' २५ लाखभन्दा बढीले हेरीसके भिडियो
(एजेन्सी) सायदको भावनालाई व्यक्त गर्ने कुनै शब्द नै छैन होला, जब ४० वर्षपछि जोएन मिल्नेले पहिलोपटक आवाज सुनिन् । उनी जन्मै देखि बहिरो थिइन् । एक महिना अघि डाक्टरहरुले अपरेसन मार्फत् उनको कानमा सुन्ने यन्त्र राखेका थिए । त्यसको एक महिनापछि मात्र त्यसलाई डाक्टरहरुले त्यो मेसिनलाई चालु गरेका थिए । यस दृश्यलाई क्यामेरामा कैद गरिएको थियो । जब यो भिडियो इन्टरनेटमा अपलोड गरियो यो भिडियो निकै भाइरल भएको छ । यसलाई अहिले २५ लाख मानिसले भन्दा बढीले उक्त भिडियो हेरिसकेका छन् । जोएन असर सिन्ड्रोम नामक जेनेटिक रोगका कारण जन्मदै बहिरो थिइन् । २० वर्षको उमेरपछि उनको देख्ने क्षमता पनि कम हुँदै गएको छ । उनी मधुरो मात्र देख्छिन् र उनलाई अन्धो भनेर सूचीकृत पनि गरिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस > भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस

Post a Comment