news and more entertainment

युएईमा सवारी दुर्घटनामा नेपालीको मृत्यु

नवराज बस्नेत अबुधाबी युएई । आज बिहान आफ्नो डिउटी जाने क्रममा सवारी दुर्घटनामा नुवाकोटका मुरली खड्काको मृत्यु भएको छ । अन्दाजी ४१/४२ बर्षीय मृतक खड्का बिगत ६ बर्ष देखी अबुधाबी स्थित सी.एन.आई.ए.(critical National Infrastructure Authority) कम्पनीमा कार्यरत रहदै आएका थिए ।
फाइल तस्वीर:मृतक मुरली खड्का
फाइल तस्वीर:मृतक मुरली खड्का

बिहान ६ बजेबाट ग्यास र पेट्रोल उत्पादन खानीहरुमा चेकजाचको लागी उनि गाडीमा डिउटी खटिएका थिए । मृतक खड्का गाडीको अगाडी दाहिने पट्टि बसेका थिए भने अरबीले गाडी चलाएका थिए । गाडी चालकको ढाड भाचिएको छ भन्छन् मृतकका साथी लोकेन्द्र शाही । धेरै तिब्र गतिमा रहेको उक्त गाडीले अगाडी गुड्दै गरेको ट्रलीलाई उछिनेर जाने क्रममा नियन्त्रण गर्न नसक्दा बिपरित दिशा बाट आएको लहरीमा ठोक्किन पुगेको थियो । घटना स्थलमा नै खड्काको मृत्यु भएको थियो । घटना युएई समय अनुसार बिहान ९:४५ बजे भएको थियो ।
मृतकको श्रीमती दुई छोरी र एक छोरा छन् । अहिले मृतकको शबलाई युएई स्थित मदिना जाएद अस्पतालमा राखिएको छ । चाडै शब् नेपाल लैजाने प्रक्रिया अगाडी बढाउन सहयोग गर्ने तथा मृतकको परिवारले पाउने क्षतीपुर्तीमा सहजताका दिलाउने आश्वासन कम्पनी बाट पाएको बताउछन् उक्त कम्पनीमा कार्यरत रहेका नेपालीहरुका कमान्डर सचिन शाही । उक्त कम्पनीमा कार्यरत नेपालीहरुको संख्या ८०० को हाराहारीमा रहेको बताउछन् कमान्डर शाही । युएई आर्मीसंग रहेर पेट्रोल, ग्यासखानी तथा युएईका सिमामा सुरक्षा दिनु हो हाम्रो डिउटी भन्छन् कमान्डर शाही ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget