news and more entertainment

सौता बन्न गएका बलिउडका सुन्दरीहरु को को हुन् ? थाहा पाईराखौ (फोटो फिचर)

बलिउडमा अभिनयका कारणपनि सबैको मनकी राजकुमारी बनेका कैयौं सुन्दरी परिवार फुटाएर सौता बनेका उदाहरण थुप्रै छन् । नाम चलेका अभिनेत्रीहरुहरु पनि दोश्री श्रीमती बन्न मन पराए । मुमताज दखि करिना कपुर सम्मले दोश्री श्रीमती बने ।
home breaker
हेमा मालिनी:
कुनै बेला सबैकी ड्रिम गर्ल हेमा मालिनीले पनि १९८० मा ववाहित रहेका धर्मेन्द्रसँग विवाह गरेकी थिइन् । धर्मेन्द्रकी पहिली पत्नी प्रकाश कौर थिइन् । हेमा प्रकाशकी सौता बन्न गएकी थिइन् । 
Hema mailini



श्रीदेवी:
2nd and 3rd wives 8
श्रीदेवी पनि बोनी कपुरकी दोश्री श्रीमती हुन् । उनले विवाह गर्दा बोनी पहिले नै बिवाहित थिए । सौता लागेको र घर भाँडेको भनेर श्रीदेवीको आलोचना भएको थियो । 

करिश्मा कपूर:
2nd and 3rd wives 10
करिना कपुरकी दिदी तथा अभिनेत्री करिश्मा कपूरले पनि उद्योगपति संजय कपूरसँग दोश्री पत्नी बनेर विवाह गरेकी थिइन् । उनी सौता लागेको भएपनि करिश्माको घर राम्रो बस्न सकेन । अहिले उनीहरु सँगै बस्दैनन् । 

शिल्पा शेट्टीः
खासगरी सुन्दर शारीरिक बनौटका कारण चर्चामा रहने बलिउड सुन्दरी शिल्पा शेट्टीले पारपाचुके गरेर बसेका ब्यवसायी राजकुन्द्रासँग विहे  गरिन् । उनलाई परिवार भाँडेको र सौता लागेको आरोप लगाेको थियो । 
2nd and 3rd wives 1

करीना कपुरः
2nd and 3rd wives 2
बलिउडमा दोश्री विरासतलाई करिना कपुरले पनि धानिन् । थुप्रैसँग अफेयर बनाएकोमा चर्चामा आएपनि उनी अहिले सैफ अली खानकी दोश्री श्रीमतीकोरुपमा छिन् । करिना पनि सौता बनेर सैफको जीवनमा भित्रिएकी थिइन् । 

महिमा चौधरीः
2nd and 3rd wives 3
कुनै बेलाकी सुन्दरी अभिनेत्री महिमा चोधरीले पनि दोश्री पत्नी बन्न मञ्जुर भएर आर्किटेक्ट बबी मुखर्जीसँग विवाह गरेकी थिइन् । सौता लागेकी भएपनि महिमा र बबीबीच सम्बन्ध टुटिसकेको छ । उनीहरु अहिले सँगै बस्दैनन् ।

अमृता अरोराः
2nd and 3rd wives 4
करिना कपुरकी मिल्ने साथी समेत रहेकी सुन्दरी अभिनेत्री अमृता अरोराले पनि करिना कपुरकै बाटो पच्छ्याउँदै दोश्री श्रीमतीको रुपमा शकील लदाखसँग विवाह गरेकी छिन् । उनी सौता बनेर परिवारमा भित्रिँदा उनको आलोचना पनि भएको थियो । 

विद्या बालन:
2nd and 3rd wives 5
सुन्दरी अभिनेत्री विद्या बालन त २ महिलाको सौता बनिन्ले । उनले पनि दुई पटक विवाह गरिसकेका सिद्धार्थ राय कपूरसँग विवाह गरेकी छिन् । सिद्धार्थ UTV मोशन पिक्चर्स का सीईओ हुन् । सौता बन्ने बलिउड सुन्दरीमा विद्याको नाम पनि सूचीकृत छ । 



शबाना आजमी:
2nd and 3rd wives 7
अभिनेत्री शबाना आजमीले पनि रचना तथा संगीतकार जावेद अख्तरसँग दोश्री श्रीमती बनेर विवाह गरेकी थिइन् । उनले पनि सौता लागेको भनेर आलोचना खेपेकी थिइन् । 

रवीना टंडन:
2nd and 3rd wives 9
अभिनेत्री रवीना टंडनले पनि अनिल थडानीकी दोश्री पत्नी बन्न स्वीकार गरिन् । अनिल थडानीकी पहिली पत्नी नताशा शिप्पी हुन् । नताशाको सौता बनेर घरमा भित्रिँदा रबीनालाई पनि घर भाँडेको आरोप लागेको थियो । 

मान्यता:
2nd and 3rd wives 11
मान्यता संजय दत्तकी तेश्री पत्नी हुन् । सञ्जयकी पहिली पत्नी ऋचा शर्मा ब्रेन ट्युमरले मरेकी थिइन् भने दोश्री पत्नीसँग उनले पारपाचुके गरेका थिए । एक प्रकारले मान्यता पनि सौता बनेर सञ्जयको जीवनमा आएकी थिइन्  
लारा दत्ता:
2nd and 3rd wives 12
मिस इण्डिया लारा दत्तले पनि टेनिस स्टार महेश भूपतिसँग दोश्री श्रीमती बनेर विवाह गरेकी थिइन् । उनलाई पनि घर भाँडेको र सौता लागेको आरोप लागेको थियो । 
source:nepaliheadlines
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget