११ दिनपछि ताडियो सिके राउतको अनसन
काठमाडौं, असोज १५– विगत ११ दिनदेखि आमरण अनसनमा बसिरहेका डा. सिके राउतको अनसन बुधबार करिब १:३० बजे तोडिएको छ । बुधबार राउतको स्वास्थ्य स्थिति बुझ्न गएका कांग्रेसका नेता रामचन्द्र पौडेल, सञ्चार मन्त्री मिनेन्द्र रिजाल र कृषि मन्त्री हरिप्रसाद पराजुलीले अब उप्रान्त उनको वाक स्वतन्त्रतामा सरकारले खलल नपुर्याउने प्रतिवद्धता व्यक्त गरेपछि राउतले आफ्नो अनसन तोडेको शिक्षण अस्पताल, महाराजगञ्जका डाक्टर विनय पञ्जियारले रातोपाटीलाई जानकारी दिए । सीके राउतले सोमबारदेखि आमरण अनसन सुरु गरेका थिए । प्रहरी हिरासतमै प्रहरीहरुले राउतमाथि अमानवीय व्यवहार गरेको भन्दै उनी रिहाइको माग गर्दै आमरण अनसन बसेका थिए। अनसनस बसिरहेका राउतको स्वास्थ्यमा खराबी आएपछि प्रहरीले उनलाई शिक्षण अस्पताल भर्ना गरेको थियो । भिडियो तल छ
Post a Comment