news and more entertainment

के हो युरिक एसिड? समस्या र उपचार रोकथाम !

४० वषर्ीय राजेशका दुवै गोडाका बूढीऔंला बेला-बेला रन्किएर दुख्ने र सुन्निने गरेको तीन वर्षभयो । गएको केही महिनादेखि गोलीगा“ठा र घु“डासमेत दुख्न थाले । नजिकैको औषधी पसलबाट किनेको नदुख्ने औषधीले उनको दुखाइ त निको हुन्थ्योे, तर केही महिनापछि उही समस्या दोहोरिइरहन्थ्यो ।७० वषर्ीया राममाया उच्च रक्तचाप, मधुमेह, मुटुको रोग र मोटोपनबाट ग्रसित छन् । केही वर्षता उनले दैनिक ७ थरीका औषधी सेवन गरिरहेकी छन् । गएको तीन वर्षेखि बेला-बेला उनका हातगोडाका जोर्नी दुख्ने र सुन्निने  गर्छन् । गत ६ महिनादेखि  हातगोडाका केही औंला र दाहिने कुहिनामा ससाना सेता गिर्खा पनि देखिएका छन् । जा“च गर्दा रगतमा युरिक एसिड बढेको देखियो ।के हो युरिक एसिड -युरिक एसिड शरीरमा उत्पन्न हुने विकारयुक्त वस्तु हो । खानामा पाइने एक किसिमको रसायन -प्युरिन) तथा शरीरका पुराना र नष्ट हुनथालेका कोषहरूबाट युरिक एसिड बन्छ । शरीरले यसलाई मृगौलामार्फ पिसाबको रूपमा विर्सजन गर्छ ।युरिक एसिडको उत्पादन अत्यधिक भएमा वा मृगौलाबाट शरीरमा उत्पादित युरिक एसिडलाई विर्सजन गर्ने कार्यमा कमजोरी भएमा रगतमा यसको मात्रा बढ्न जान्छ । सामान्यतया प्रतिसय मिलिलिटर रगतमा यसको मात्रा सात मिल्रि्रामभन्दा बढी भए उच्च युरिक एसिड भएको मानिन्छ ।युरिक एसिड बढ्नाले के हुन्छ -रगतमा युरिक एसिडको मात्रा बढी भए पनि बिरामीमा कुनै लक्षण नदेखिन सक्छ । उच्च युरिक एसिडका लगभग ९० प्रतिशतजति बिरामीमा कुनै लक्षण नदेखिने विभिन्न अध्ययनबाट देखिएको छ । तर करिब ५-१० प्रतिशतमा भने युरिक एसिड जोर्नीमा जम्न पुग्छ र गाउट भनिने एक किसिमको बाथ गराउ“छ । गाउटले सुरु-सुरुमा एउटामात्र जोर्नीमा -मुख्यतः खुट्टाको बूढीआंैलामा) टन्किएर दुख्ने, सुन्निने गराउ“छ । तर रोग छिप्पि“दै  गएपछि यसले अरू जोर्नीमा पनि असर पार्न सक्छ । गाउट प्रायः अधबैंसे तथा बढ्दो उमेरका पुरुषलाई हुन्छ, महिलामा भने यो रोग प्रायःजसो महिनावारी बन्द भएपछि मात्र सुरु हुन्छ । कुनै समयमा उच्च युरिक एसिड मांसाहारी खाना र मद्यपानस“ग सम्बन्धित थियो र यसलाई धनीमानीको रोगको रूपमा लिइन्थ्यो । तर हिजोआज सहरी खानपानको प्रभावले  सामान्य मानिसमा पनि यो समस्या देखापर्न थालेको छ । प्रायः उच्च प्युरिनयुक्त खाना, भोज -बियर,  माछामासु, गेडागुडी आदि) खाएको केही घन्टापछि एक्कासी मध्यरातमा गाउटको दुखाइ सुरु हुन्छ । कसै-कसैमा भने यो जोर्नीमा चोटपटक लागेर वा अन्य कुनै रोगका लागि अस्पताल भर्ना भएको बेला देखिन्छ । उच्च रक्तचापको उपचारमा प्रयोग हुने, पिसाब लगाउने औषधी -थाएजाइड) को प्रयोगले पनि कसै-कसैमा युरिक एसिडको समस्या निम्त्याउन सक्छ । त्यस्तै उच्च युरिक एसिडको एउटा कारक तत्त्व वंशाणुगत असर पनि भएकोले कुनै परिवारमा एकभन्दा धेरै सदस्यलाई यसको समस्या देखिन सक्छ ।गाउटको सुजन सामान्यतया एकपटकमा एक हप्ताजति रहन्छ । नदुख्ने औषधीको प्रयोगबाट अथवा कहिलेकाही“ आफैं पनि गाउटको दुखाइ कम हुन्छ । यद्यपि केही महिना वा वर्षश्चात त्यही वा अर्को जोर्नीमा बल्भिmने सम्भावना भने रहिरहन्छ । माथि वर्ण्र्ाागरिएको राजेशको जोर्नी दुखाइ यसैको दृष्टान्त हो ।दर्ीघकालीन असरलामो समयसम्म रगतमा युरिक एसिडको मात्रा बढी भइरहे पटक-पटकको जोर्नीको सुजनले प्रभावित जोर्नीहरू ब्रि्रन्छन्, बांगिन्छन् र आफ्नो काम गर्न छाड्छन् । त्यस्तै विभिन्न तन्तुहरूमा युरिक एसिड जमेर -यसरी जमेको युरिक एसिडलाई अंग्रेजीमा टोफस भनिन्छ) सेता गिर्खा देखिन्छन्, जसले ती अंगको बनावट र काममा असर पार्न सक्छ । जस्तै- मृगौलामा युरिक एसिड जम्न गई पत्थरी बन्ने र धेरै वर्षछि मृगौलाले कामै नगर्ने -किडनी फेलर) हुनसक्छ । यसका साथै उच्च युरिक एसिड मोटोपन, उच्च रक्तचाप, मधुमेह एवं मुटुको रोगस“ग पनि सम्बन्धित भएको पाइएको छ । माथि बयान गरिएकी राममाया यसकी एक दृष्टान्त हुन् ।मिथ्या धारणाजुनसुकै उमेरको मानिसमा जोर्नी मांसपेशी, ढाड तथा हातगोडा दुखेमा वा झमझम गरेमा युरिक एसिडलाई दोष दिने गरिन्छ । जुन वास्तवमा सत्य होइन । माथि भनेजस्तै युरिक एसिडबाट हुने बाथले प्रायः खुट्टाका जोर्नी -बूढीआंैला) र धेरैपछि मात्र हातका जोर्नी र यस वरपरका तन्तुहरूमा असर पार्छ । त्यस्तै महिलाहरूमा युरिक एसिडको दुखाइ महिनावारी रोकिनुअघि हु“दैहु“दैन भने पनि हुन्छ । हाम्रो समाजमा उच्च युरिक एसिड भएका व्यक्तिहरूलाई दैनिक रूपमा उपभोग गरिने खानेकुराहरू यति धेरै वर्जित गरिन्छ कि कहिलेकाही“ त अन्य खानेकुरा बा“की नै रह“दैनन् । उदाहरणका लागि दही, दूध सागपात, टमाटर, मासको दाल, काउली आदिले रोग बढाउ“छ भनिन्छ, जुन सत्य होइन । किनभने रगतमा भएको युरिक एसिडमध्ये करिब ९० प्रतिशत शरीरभित्रैबाट बनेर आउने र खानाबाट १० प्रतिशतमात्र बन्ने भएकाले धेरै प्युरिन भएको खानाबाहेक अन्य खानाको रगतमा युरिक एसिड बढाउनमा खासै भूमिका हु“दैन । त्यसैले उच्च युरिक एसिडका बिरामीले रक्सी, माछा, मासु र गेडागुडीमा नियन्त्रणबाहेक अन्य खानामा नियन्त्रण गर्नु जरुरी छैन ।उच्च युरिक एसिडरगतमा युरिक एसिडको मात्रा बढ्दैमा उपचार जरुरत पर्दैन । तर जोर्नीमा युरिक एसिड जमी गाउट भएको छ भने दुखाइ र सुन्निने कम गर्न सुजन कम गर्ने औषधी -एन्टी इन्फलामेटोरी) को आवश्यकता पर्छ । त्यस्तै कहिलेकाही“ जोर्नीमै र्सर्ुइ दिएर पनि गाउटको उपचार गरिन्छ ।युरिक एसिडले गर्दा पटक-पटक बाथ भएको अवस्थामा वा जोर्नी लगायत शरीरका विभिन्न अंगमा युरिक एसिड जमी समस्या भए चिकित्सकको परामर्शमा युरिक एसिड कम गर्ने औषधी सेवन जरुरी हुन्छ ।हरेक दर्ीघरोगको उपचारमा जस्तै यसको उपचारमा पनि चिकित्सक र बिरामीको सहभागिता उत्तिकै जरुरी छ । हरेक बिरामीले आफूले सेवन गरेको औषधीको प्रयोजन, खाने तरिका र हानिकारक असरबारे चिकित्सकस“ग परामर्श गर्नुपर्छ । प्रशस्त पानी पिउनाले युरिक एसिड पिसाबमा बगेर जान्छ र मृगौलामा पत्थरी बन्नबाट जोगिन सकिन्छ । मोटोपनाले युरिक एसिड बढाउने भएकाले आफ्नो तौलमा नियन्त्रण गर्नुपर्छ । खानेकुराको हकमा रातो मासु, कलेजो, गे्रभी, रक्सी तथा गेडागुडीमा नियन्त्रण जरुरी छ । तर यसो भन्दैमा खानै नहुनेचाहि“ होइन । रोगको अवस्था हेरी जोर्नीको व्यायाम र फिजियोथेरापीको समेत आवश्यकता पर्छ ।लेखक, पाटन अस्पतालका बाथरोग विशेषज्ञ हुन् ।
डा बुद्धि पौडयाल
कान्तिपुर
भिडियो हेर्न तल क्लिक गर्नुहोस्: भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget