news and more entertainment

४९ बर्षमा साहरुख खान , पन्ध्र सयबाट ३६ अर्बको मालिक

कार्तिक १६ गते
बलिउडका बादशाह मानिने साहरुख खान आजबाट ४९ बर्षमा प्रवेश गरेका छन् । सन् १९६५ मा साहरुखको जन्म भएको हो । सानै उमेरमा परिवार गुमाएका साहरुख आज विश्वकै चर्चित सुपरस्टार मानिन्छन् ।
साहरुखलाई जन्मदिनको शुभकामना दिन शनिबार रातीदेखि नै उनको घर ‘मन्नत’को अगाडि फ्यानहरुको भिड लागेको छ । साहरुखले जन्मदिनको अवसरमा शनिबार राती नै आफ्ना नजिकका मित्रहरुलाई पार्टी पनि दिएका छन् । साहरुखलाई जन्मदिनको शुभकामना दिन बलिउडका चर्चित कलाकारदेखि निर्माता-निर्देशक उनको घर पुगिरहेका छन् ।
टीभी सिरियलबाट करिअर सुरु
साहरुख खान बलिउडमा आफ्नो परिवारको साथले आएका होइनन् । उनको बलिउडमा कोही पनि थिएनन् । टीभी सिरियल ‘फौजी’मा काम गरेपछि साहरुख सबैको नजरमा परेका थिए । यसैक्रममा नायिका हेमा मालिनी एक फिल्म बनाउन चाहन्थिन् ।
जसका लागि उनलाई नयाँ हिरो चाहिएको थियो । साहरुखको साथमा मुम्बइमा बस्नका लागि कुनै घर पनि थिएन । उनलाई फिल्म निर्माता विवेक वासवानीले आफ्नो घरमा राखेका थिए । विवेक साहरुख आफ्नो घरबाट जाओस् भन्ने चाहन्थे ।
तर, उनले चाहे जस्तो भएन । हेमा मालिनीको चलचित्र ‘दिल आशान हे’मा साहरुखले पहिलो पटक काम गरे । तर,उनको चलचित्र ‘दिवाना’ यसअघि नै प्रदर्शनमा आयो । यो फिल्म सर्वाधिक सफल भयो । जसले साहरुखलाई बलिउडमा एकाएक चर्चामा ल्याइदियो । तर, साहरुखले नै अभिनय गरेको पहिलो फिल्म ‘दिल आशान हे’ भने पूर्ण रुपमा असफल भयो ।
रोमान्सका बादशाह
साहरुख खानलाई बलिउडका मात्र होइन रोमान्सका वादशाह पनि मानिन्छ । उनले अभिनय गरेका ‘दिलवाले दुल्हनिया ले जायंगे’, ‘कुछ कुछ होता हे’, ‘दिल तो पागल हे’, ‘ओम शान्ती ओम’, ‘जब तक हे जान’, ‘विर जरा’ लगायतका थुप्रै फिल्मले उनलाई रोमान्सका वादशाह बनाएको छ । तर, साहरुखले बलिउडमा सुरुवाती दिनमा आफूलाई नेगेटिभ भूमिकामा उभ्याएका थिए ।
पन्ध्र सयबाट ३६ अर्बको मालिक
दिल्लीबाट मुम्बई आउँदा साहरुखको गोजीमा आमाले दिएको पन्ध्र सय रुपैयाँ मात्र थियो । न त उनीसँग घर थियो न त खानका लागि गास नै । उनले कैयौ रात सडकमा बिताएको बताएका छन् । उनै साहरुखसँग आज अथाहा सम्पत्ती छ ।
साहरुख विश्वकै धनी कलाकारको सूचीमा दोश्रो स्थानमा छन् । उनीसँग ६ सय करोड डलर सम्पत्ती रहेको फोब्सले हालै सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । साहरुख विश्वकै लोकपि्रय कलाकारको सूचीमा पनि अग्रस्थानमा छन् । साहरुखसँग मुम्बइमा करिब २ सय करोडको घर ‘मन्नत’ छ । साथमा दुबइ र लण्डनमा पनि साहरुखको आलिशान बंगाला छन् ।
जिरोबाट बलिउड करिअर सुरु गर्ने साहरुख खानले आज विश्वका थुप्रै देशबाट राष्ट्रिय सम्मान पनि पाइसकेका छन् । यस्तै, च्यारेटीमा पनि साहरुख बलिउडका अन्य कलाकार भन्दा धेरै अघि छन् । उनलाई ‘यूनेस्को’ले सर्वाधिक च्यारेटी गर्ने कलाकार भन्दै अवार्ड पनि दिएको छ । आफ्नो ४९ औं जन्मदिन मनाउँदै गर्दा साहरुखसँग चुनौती पनि धेरै छन् । अब, आफ्नो करिअरलाई कुने ढंगले अगाडि बढाउने भन्ने चुनौती उनीसँग छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget