बलिउडका बादशाह भनिने शाहरुख खानले आइतबार आफ्नो ४९ औं जन्मदिन मनाउँदैछन् । ह्याप्पी न्यू इयरको सफलतासँगै शाहरुख खानले यो जन्मदिन खुसी लिएर आएको छ ।
शाहरुख खानका तीन बच्चा छन् एक छोरी र २ छोरा । छोरी सुहानालाई पनि अभिनयमा प्रवेश गराउन चाहन्छन् शाहरुख खान ।
कान्छा छोरा अबरामलाई समेत चलचित्रमा छिराइसकेका शाहरुखकी छोरी सुहाना ग्ल्यामरस हुन थालिसकेकी छिन् ।
१४ वर्षकी पुगिसकेकी सुहाना सार्वजनिकरुपमा बाक्लै देखिन्छिन् ।
उनी छिट्टै विदेश जाँदैछिन् पढाइको लागि । शाहरुखका छोरा आर्यन यस अघी नै पढ्नका लागि लण्डनमा छन् ।
नृत्य र खेलमा विशेष चासो भएकी सुहानाको ग्ल्यामर सेन्स पनि राम्रो छ । उनको चर्चा बलिउडमा हुन थालिसकेको छ । छोरीलाई उत्कृष्ठ नृत्याङ्गना र अभिनेत्री बनाउने धोको शाहरुखको छ ।
Post a Comment