news and more entertainment

यूनिभर्सिटीमा वेश्यालय, बिद्यार्थीहरूलाइ विशेष डिस्काउण्ट

बेइजिङ, यूनिभर्सिटी जस्तो ठाउँमा छात्र-छात्राहरू पढेर आफ्नो करिअर बनाउन आउँदछन । तर सोच्नुस त, यस्तो ठाउँमा यदि देह‌-व्यापार को धन्धा भयो भने के होला ?

ईचाइनासिटीजमा प्रकाशित एक खबर अनुसार चीनको वुहानमा एक कलेजमा वेश्यावृत्ति निकै लामो समयदेखि चलिरहेको कुराको खुलासा भएको छ ।   केही समय अघि मात्र चीनका कलेज तथा यूनिभर्सिटीहरूमा घट्ने आपत्तिजनक घटनाहरूमा बृद्धि भैरहेको समाचारहरू प्रकाशनमा आएका थिए । 

वुचाङ पोलिटेक्निक स्कूल का केही छात्रहरूले प्रहरीमा उनीहरूको होस्टलको बाहिरनै एक गुप्त होटल चलिरहेको बताएका थिए । यो होटल क्याम्पस हाता भित्रनै रहेको छ । 

होस्टलमा यस प्रकारको गतिबिधि हुने कुराको सूचना पाएको प्रहरी हर्कतमा आइहाल्यो । जाँचका क्रममा प्रहरीले उक्त गुप्त होटल कुनै होटल नभए त्यसको आडमा चलिरहेको एक वेश्यालय रहेको पाएका थिए ।
यस वेश्यालयमा यदि छात्र-छात्राहरू आफ्नो आई-कार्ड देखाउँदछन भने उनीहरूलाइ स्पेशल छूट पनि हुने गर्दछ ।  अब होटलको म्यानेजमेन्ट र कलेजका अधिकारी जांचको घेरामा परेका छन । यस अघि पनि चीनका कलेजहरूमा प्रोफेसरहरूले छात्राहरूसंग जबरजस्ती किस गराउने र सेक्स एजुकेशनको नाममा आपत्तिजनक काम गर्ने गरेको कुराले निकै चर्चा पाएको थियोsource:tajakhabar 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget