नेकपा माओवादी अध्यक्ष मोहन वैद्य किरणले प्रचण्ड र बाबुरामलाई गद्दार र दलाल भन्दै सार्वजनिक वक्तव्य निकाले पनि दुई पक्षलाई मिलाउन र पार्टी एकता गर्न दुबै समूहका तीन-तीनजना नेताहरु सक्रिय बनेका छन् । तर, दुबैपक्षमा संकट नआउँदासम्म एकता सम्भव देखिँदैन । पछिल्लो समयमा नेपाली राजनीतिमा वैद्यपक्ष आक्रामक र प्रचण्डपक्ष रक्षात्मक देखिन थालेको छ ।
एमाओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई र माओवादीका नेत्रविक्रम चन्दवीच पार्टी एकताका विषयमा छलफल भइरहेको छ । यो छलफललाई विप्लव आफैंले दुई दिनअघि एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा समेत स्वीकार गरेका छन् । पार्टी. एकताका लागि एमाओवादीले आफ्ना कमजोरीहरु सच्याउनुपर्ने विप्लवको भनाइ छ ।
Post a Comment