नेपालमा विभिन्न कालखण्डमा भएको राजनीतिक तथा सामाजिक परिवर्तनको आन्दोलनमा विद्यार्थी शक्तिले खेलेको भूमिकालाई कसैले नजरअन्दाज गर्न सक्दैन । एक सय चार वर्षे राणाशासन, पञ्चायती व्यवस्था र त्यसपछिको शाही शासनका बेला विद्यार्थी शक्ति परिवर्तनको संवाहक बनेका थिए । विद्यार्थी आन्दोलनकै पृष्ठभूमिबाट विभिन्न राजनीतिक दलसँग आबद्ध प्रभावशाली नेताहरू पनि जन्मिए । राजनीतिक परिवर्तनमा भूमिका खेल्ने विद्यार्थी शक्तिले आजको परिवर्तित अवस्थामा शैक्षिक क्षेत्रमा आवश्यक परिवर्तन र सुधारका लागि प्रभावकारी भूमिका खेल्न सकेको छैन । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको सन्दर्भमा विद्यार्थी शक्तिले राजनीतिक मात्रै होइन, शैक्षिक मुद्दालाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा त्यहींनेर चुकिरहेको छ ।
गौरवशाली इतिहासको जगमा उभिएको विद्यार्थी आन्दोलनले समयअनुरूप आफ्नो भूमिकालाई परिष्कृत गर्दै लैजान नसक्दा यतिबेला चर्को आलोचना खेप्नुपरेको छ । शिक्षा सबैका लागि आधारभूत कुरा हो । हुनेखाने वर्ग वा हुँदा खाने वर्ग सबैले शिक्षाको समान अवसर पाउनुपर्छ । शिक्षाको गुणस्तरदेखि सर्वसुलभ अवसर र पहुँच नपुगेको लगायतका दर्जनौं मुद्दा छन्, जसलाई विद्यार्थी आन्दोलनले आफ्नो उपल्लो एजेन्डा बनाउन सक्नु पथ्र्यो । तर, दल र नेताका राजनीतिक स्वार्थ र गुटबन्दीमा लागेर विद्यार्थी आन्दोलनका अभियन्ता संगठनहरूले बाटो बिराउँदै गएका छन् । झन्डै पाँच वर्षपछि हुन थालेको स्ववियु निर्वाचन पनि विद्यार्थी संगठनहरूकै गलत संस्कारका कारण स्थगित हुनुले विद्यार्थी राजनीतिमाथि प्रश्नचिह्न लागेको छ ।
विद्यार्थी राजनीतिले युवा पुस्ताको आकर्षण गुमाउँदै गएको छ । यसमा सक्रिय युवापुस्ता निरुत्साहित हुँदै गएका छन् । विभिन्न माउ पार्टीले विद्यार्थी संगठनलाई कार्यकर्ताको भीड जम्मा गर्ने र आफ्नो अनुकूलतामा विरोधी शक्तिविरुद्ध प्रयोग गर्ने प्रवृत्ति बढेकाले निराशा बढेको हो । यो अवस्था एकातिर विद्यमान छ भने अर्कोतर्फ विद्यार्थी संगठनका नेताहरूले यसलाई मागी खाने भाँडो बनाउँदै लगेको देखिन्छ । संगठनका नाममा गुन्डागर्दी, चन्दा असुली, बिना मेहेनत विलासी जीवन बिताउने प्रवृत्ति हावी हुँदै गएको छ । विभिन्न ठेक्कापट्टामा विद्यार्थी नेताहरूको हातहतियारसहितको सहभागिताको समाचारले यस्ता कुरा प्रमाणित गर्छ । यसले समग्र विद्यार्थी आन्दोलनलाई बदनाम मात्रै गरेको छैन, भविष्यका नेता उत्पादन हुने विद्यार्थी संगठनको औचित्यमाथि नै प्रश्न उठाइदिएको छ । विद्यार्थी संगठनले आफ्नो भूमिका गम्भीर समीक्षा गर्दै नबढ्ने हो भने प्रभाव घट्दै गएको यो आन्दोलन झनै शिथिल हुनेछ । त्यसकारण विद्यार्थी आन्दोलनले यतिबेला राजनीतिक गोटी बन्ने होइन, मुलुकको शैक्षिक मुद्दामा आफूलाई केन्दि्रत गर्नुपर्छ । निजी शिक्षामा व्यापारीकरण छ भने सरकारी शिक्षाको गुणस्तर सधैंको समस्या बनेको छ । नेपाली विद्यार्थी गुणस्तरीय शिक्षाका लागि दिनप्रतिदिन लाखौं खर्चेर विदेश जाने प्रवृत्ति छ । हामीले यही विदेशी स्तरको शिक्षा दिन नसकेकाले नै यसरी बिदेसिनुपरेको हो । यसले एकातिर ठूलो धनराशि बिदेसिएको छ भने अर्कातिर मानवीय स्रोत पनि पलायन हुँदै छ ।
विद्यार्थी आन्दोलनलाई गति दिने हो भने, यसलाई शैक्षिक मुद्दामा केन्दि्रत गर्नुपर्छ । विद्यार्थी संगठनलाई अनुशासित बनाउँदै जसरी पैसाको राजनीति हावी छ, त्यसको अन्त्य गर्नुपर्छ । अनि कम्तीमा कक्षा १२ सम्मका विद्यार्थीलाई राजनीतिमा प्रयोग नगर्ने प्रतिबद्धता सबै संगठनले जनाउनुपर्छ । सकारात्मक संस्कार विकास गर्न सके त्यसले मुलुककै लागि असल र सफल नेतृत्व निर्माण गर्न सक्छ ।
विधिले संस्कारको निर्माण गर्छ । जब विधि र संस्कार कमजोर हुन्छ तब राजनीतिक मूल्य र मान्यता कमजोर हुन्छ । जब राजनीतिक मूल्य र मान्यता कमजोर हुन्छ, त्यसको असर सबै तहमा पर्छ । अन्ततः यसको असर जनताले भोग्नुपर्छ । विद्यार्थी राजनीतिमा हुर्कंदो गलत संस्कार भविष्यको राजनीतिलाई प्रभाव पार्ने भएकैले आज चिन्ता गर्नुपरेको हो । त्यसकारण पहिले संस्कार बनाऔं र त्यसपछि विद्यार्थीका मुद्दालाई उच्च प्राथमिकता साथ उठाऔं अनि विद्यार्थी राजनीतिप्रतिको घट्दो साख विश्वासमा बदलिन्छ ।

Post a Comment