काठमाडौं १६ असार । मुलुककै सबैभन्दा ठूलो अस्पताल वीरमा पानी नभएका कारण शुक्रबार दिउँसो शल्यक्रिया रोकिएको छ। शल्यक्रियाका लागि भर्ना भएका केही बिरामीलाई ‘अर्को दिन आउनू’ भन्दै डिस्चार्ज गरिएको थियो भने अन्य बिरामी पनि शल्यक्रिया नगराई फर्किएका थिए।
शनिबार पनि आकस्मिक कक्षका वार्ड, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका क्वार्टरमा पानीको हाहाकार थियो। कुनै–कुनै शल्यकक्षमा धमिलो पानी मात्रै झरेको छ। शल्यकक्षको धारामा दिउँसो पानी आएपछि आकस्मिक शल्यक्रिया नै रोकिने डरले कर्मचारीले बाटा, बाल्टिनजस्ता भाँडामा पानी थापेर राखेका समाचार दीपक दाहालको बाइलाईनमा आजको नागरिक दैनिकले छापेको छ ।
अस्पतालले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई छाडेर निजी कम्पनीसँग पानी लिन थालेपछि यस्तो समस्या आएको हो। अस्पतालको पुरानो स्रोत डिपबोरिङमा पानी कम भएपछि कारण खोजी नै नगरी वीरले केही समय केयुकेएलबाट पानी ल्याएको थियो। पछि धौलागिरी नामक कम्पनीबाट पानी लिन थालेको थियो। कम्पनीले हडतालको कारण देखाउँदै पानी नल्याउँदा अस्पतालमा पानीको हाहाकार भएको हो। अस्पतालमा दैनिक लाख लिटर पानी आवश्यक पर्ने प्रशासन बताउँछ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्वरेक्टर एवं वरिष्ठ सर्जन डा. श्रीकृष्ण गिरीले शुक्रबार तीन बजेपछि पानीका कारण शल्यक्रिया रोकिएको बताए। ‘मेजर शल्यक्रिया गरिसकेका थियौं, माइनर केही केस बाँकी थिए,’ उनले भने, ‘सिस्टरहरूले हात धुने पानी नि छैन भनेपछि क्यान्सिल गर्नुपर्यो।’
अस्पतालका ९ शल्यकक्षमध्ये शुक्रबार चलेका सबैमा तीन बजेपछिको शल्यक्रिया स्थगित गरिएको थियो। नर्सहरूले पानी सकिएको अवस्थामा शल्यक्रिया गर्न नसकिने बताएपछि बिरामी फर्काउनुपर्ने अवस्था आएको अस्पतालका सर्जन डा. कुमार श्रेष्ठले बताए। ‘सरसफाइ, स्टेरलाइजहरूका कुरा सिस्टरहरूले गर्नुपर्छ,’ उनले भने।
शनिबार पनि जनरल शल्यकक्षको धारामा धमिलो पानी झरेको थियो। आकस्मिक विभागको सुचारू (घाउ सरसफाइ गर्ने) कक्षमा एक थोपा पनि पानी नभएको आकस्मिक कक्षमा कर्मचारी नवराज धितालले बताए। ‘आकस्मिक कक्षमा हातधुने पानीसमेत नहुँदा स्वास्थ्यकर्मीले कपडाले हात पुछेर सेवा दिनुपर्यो,’ उनले भने।
आफ्नै गाउँबाट आएका बिरामीसमेत शुक्रबार शल्यक्रिया हुन नसकेपछि फर्किएको उनले सुनाए। ‘पाँच सात महिनाअघि पनि यस्तै अवस्था आएको थियो। मैले मुख्यसचिवको घरमै फोन गरेर गुनासो गर्न खोज्दा भेटिनँ,’ उनले भने, ‘अहिले पनि बिरामीले औषधी खाने पानी छैन।’ धितालले घाँटीको पछाडितर्फ बढेको मासुको भागको शल्यक्रिया गर्न आफ्नो गाउँ धादिङ बैरेनीबाट आएकी विष्णुदेवी सुवेदी शुक्रबार शल्यक्रिया हुन नसकेपछि फर्किएको बताए।
शल्यकक्षको धारामा झरेको पानी पूरै धमिलो थियो। ‘भैसी आहाल बसेको ठाउँको पानी जस्तै छ, संक्रमणबाट जोगाउनुपर्ने शल्यकक्षमा यस्तो पानी कसरी चलाउन?’ अस्पतालका एक आवासीय चिकत्सिकले भने। ‘अहिले शल्यकक्षमा धारा पनि छ। तर पनि आकस्मिक शल्यक्रिया नरोकियो भनेर हामीले भाडामा थापेर व्यवस्थापन गरेका छौं,’ एक कर्मचारीले भने। पानी नभएपछि अस्पतालका शौचालय दुर्घन्धित भएका छन्। रेजिडेन्ट, बिरामी र कुरुवाले जार वा बोटलको पानी किनेर खानुपर्ने अवस्था छ।
वीर अस्पतालका निर्देशक डा. बुलन्द थापाले पानी व्यवस्थापनमा कठिनाइ भएको बताउँछन्। पानी नभएर शल्यक्रिया नै रोकिएको भने उनले स्वीकारेनन्। ‘अस्पतालको डिप बोरिङ २० वर्षभन्दा पुरानो हो,’ उनले भने, ‘नयाँ ठाउँमा खन्न थालेका छौं, अब टुंगिसक्न लाग्यो।’
ट्रमा सेन्टरका लागि जग खन्ने क्रममा नै पानीको स्रोत केही कम भएको थियो। सुख्खा समयमा अभाव हुन थालेपछि किन्न थालिएको थियो। तर पानी कम आउनुको कारण खोज्न अस्पताल प्रशासनले कुनै प्राविधिक अध्ययन गरेको छैन। अस्पताल प्रशासनले पम्बिङ शाखामा प्राविधिकको सट्टा कार्यलय सहायक तहका कर्मचारी इन्द्र अर्याललाई शाखा प्रमुख बनाएको छ। ती कर्मचारीको भरमा बिना प्राविधिक अध्ययन स्थायी स्रोतमा समस्या देखाइने गरेको कर्मचारी बताउँछन्।
डिप बोरिङमा पानी कम भएको भन्दै सुरुका केही दिन केयुकेलबाट पानी मगाइएको थियो। तर पछि बिना कारण केयुकेलबाट पानी ल्याउन छोडर धौलागिरीको पानी ल्याउन थालिएको थियो। अस्पताल ल्याइने पानी बीचबाटै कतिपय वरिष्ठ चिकित्सक कर्मचारीको घरमा समेत पुर्याइने गरेको स्रोतको दाबी छ। ‘कसरी त्यो कम्पनी छानियो र कति ल्याइन्छ भन्ने कुनै रेकर्ड छैन,’ स्रोतले भन्यो, ‘निजीबाट किन्न डिप बोरिङमा समस्या देखाइएको हो।’
अघिल्लो वर्षसम्म त्यही डिप बोरिङले वीर अस्पतालमा पानी पुगेको थियो। मध्यवर्षामा पानी अभाव देखाइएको कर्मचारीहरू बताउँछन्। तीनसय फिट खन्दा पनि पानी नआएको भन्ने सुने पनि कुनै अनुसन्धान नभए।

Post a Comment