‘कतिपयको शरीरबाट आउने पसिना लगायतको गन्धले एक अर्कालाई आकषिर्त गर्छ भनेर पनि भनिन्छ, कतिपयको शरीरको गन्धले साथीहरू नै भाग्न सक्छन्’ जनस्वास्थ्य सम्बन्धी जानकार डा. अरुणा उप्रेती भन्नुहुन्छ-’मुख गन्हाउने वा जसको शरीरबाट दुर्गन्ध आउँछ उसलाई थाहा हुँदैन । तर, सँगै बस्ने, सँगै हिँड्ने र गाडीमा कोच्चिएर बस्नु पर्दाको सहयात्रीलाई त त्यो दुर्गन्ध मर्नु बराबर हुन्छ ।’
पटकपटक नुहाएपनि लुगा फेरिएन भने गन्हाउने समस्या उस्तै हुन्छ । ‘कतिपय व्यक्तिहरू पटक-पटक नुहाउँछन्, तर फेरि पसिनाको गन्ध भएको लुगा लगाउँछन् । यस्ता व्यक्तिहरू जति नुहाए पनि गन्हाउँछन्’ उप्रेतीको जोड छ-’विशेष गरी भित्री लुगा त दिनदिनै फेर्नु र धुनुपर्छ । त्यसमाथि पनि शरीर बढी गन्हाउनेले त प्रत्येक पटक नुहाएपछि भित्री लुगा त फेर्नैपर्छ ।’
डा. उप्रेतीका अनुसार सकेसम्म लुगा सुतीकै लगाउनु राम्रो हुन्छ । यदि लामो यात्रामा जानु छ भने र सुतीको लुगा असजिलो जस्तो लागेमा अन्य खालको लुगा लगाएर गन्तव्यस्थलमा पुग्नेबित्तिकै लुगा फेरिहाल्नुपर्ने उहाँको सुझाव छ ।
यस्तै धेरै गन्ध आउने मानिसहरूले नुहाइसकेपछि कागतीले पसीना आउने काप, काखी र गर्दन पछाडिको भागहरूमा दल्नु उचित हुन्छ । यसैगरी नुहाउने पानीमा कागतीको रस वा गुलाबजल हालेर शरीर पखाल्दा पनि केहि हदसम्म शारीरिक दुर्गन्धबाट बच्न सकिने डा. उप्रेतीको भनाई छ ।
Post a Comment