काठमाडौ, श्रावण ११ - पूर्ण असत्य भन्दा अर्ध-सत्य बढ़ी भ्रमपूर्ण र खतरनाक हुन्छ । कमल थापाले अहिले त्यस्तै एउटा अर्ध-सत्यको सहाराले ठुलै पंक्तिमा भ्रम छरेको प्रतीत हुन्छ ।
२०५९-६० मा भएको दोश्रो सरकार-माओवादी वार्तामा मेरो नेतृत्वमा वार्ता टोली आएको थियो । पार्टीको बटमलाइन त्यतिबेला संविधानसभा र गणतन्त्र थियो । साथै यदि राजा त्यसमा सहमत हुन्छन् र देशलाई थप रक्तपातबाट बचाउन तथा राष्ट्रिय स्वाधीनताको पक्षमा योगदान गर्न तयार हुन्छन् भने उनलाई पहिलो राष्ट्रपतिको रुपमा स्वीकार्न पनि सकिन्छ भन्ने थियो । यो कुरा मैले वार्ता टोली काठमाडौंमा सार्वजनिक हुने वित्तिकै खुलै रुपमा भनेको थिएँ, जुन त्यतिबेलाको अखबार पल्टाएर हेरे पुष्टि हुन्छ ।
मैले त्यतिबेला ज्ञानेन्द्रलाई प्रत्यक्ष भेटेर यो कुरा बताउन चाहेको थिएँ । तर उनले भेट्नै मानेनन् भन्ने कुरा उनका दूतहरुबाट आयो । त्यसबखत लोकेन्द्र चन्द प्रधानमन्त्री थिए भने वार्ताकारका हर्ता़कर्ता नारायणसिंह पुन र रमेशनाथ पाण्डे थिए । पछि सुन्नमा आयो कुनै अनधिकृत मान्छेले ज्ञानेन्द्रलाई पहिल्यै हामी माओवादी संवैधानिक राजतन्त्र मान्न तयार छौं भनेकाले वार्तामा वोलाइएको रहेछ तर पछि त्यस्तो नपाए पछि उनी रिसाएर मसँग भेट्न नमानेको हामीले अनुमान गर्यौं । जे होस् काठमाडौंमा भएको दुई चरणको वार्तामा कुनै परिणाम आउने लक्षण नदेखे पछि हामी वार्ता भंगको मनस्थितिमा पुग्यौं ।
त्यसै वीचमा ज्ञानेन्द्रले लोकेन्द्रलाई हटाएर सूर्यबहादुरलाई प्रधानमन्त्री बनाए र सरकारी वार्ता टोलीमा कमल थापा, प्रकाशचन्द्र लोहनीलाई राखे । दाङको हापुरेमा तेश्रो र हाम्रो बुझाइमा अन्तिम चरणको वार्ता हुने भयो । कमल थापा मेरा कलेजका सहपाठी र राम्रै चिनजानका मान्छे भएकाले औपचारिक वार्ता भन्दा पहिल्यै उनी मार्फत ज्ञानेन्द्रसमक्ष हाम्रो प्रस्ताव फेरि एकचोटि पठाउनु उपयुक्त ठान्यौं । पहिलो चरणमा नारायणसिंह पुन मार्फत विवेक शाह हुँदै हाम्रो प्रस्ताव ज्ञानेन्द्र समक्ष पुग्यौं कि पुगेन हामीलाई शंकै थियो । त्यसैक्रममा हाम्रै पहलमा नेपालगन्जमा धवलशमशेर राणाको घरमा कमल थापा र मेरो लामो कुराकानी भएको हो । त्यहाँ मैले पार्टीको घोषित नीति अनुसारै यदि ज्ञानेन्द्र नेपाली सिंहानूक बन्न तयार भएमा उनलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन सकिने प्रस्ताव राखें । कमल थापाले संवैधानिक राजतन्त्र मानिदिने आग्रह गरे । हाम्रो कुरा मिलेन । उनले हाम्रो प्रस्ताव ज्ञानेन्द्र समक्ष पुर्याए पुर्याएनन् थाहा भएन । पछि हापुरे वार्ता असफल भयो र हामी फेरि जनयुध्दमा फर्कियौं ।
सत्यतथ्य यत्ति हो । त्यसपछिको १२-वुँदेदेखिको इतिहास सबैलाई थाहै छ । दरबार हत्याकाण्डको दिनदेखि नेपालमा गणतन्त्रको उदय भैसकेको मान्यता राख्ने हामीले 'बेबी किंङ्ग' वा 'सांस्कृतिक राजा' वा अन्य कुनै विशेषणयुक्त राजतन्त्र मान्ने कुरा सपनामा पनि कसरी सम्भव होला र ?

Post a Comment