बलिउड अभिनेता सलमान खान माथि अदालतले गैर कानुनी हत्या आरोप तय गरेको छ । मुम्बईको एक अदालतमा उनि माथि लागेको आरोप बारे आज भएको बहसमा बलिउड सुपरस्टार खान माथि हत्या आरोप तय गरिएको हो । तर खानले भने आँफु माथि लागेको सम्पुर्ण आरोप अस्वीकार गरेका छन । उनि बिरुद्धको आरोपको अर्को बहस आउँदो अगस्ट १९ तारिखमा हुनेछ । बिबिसीका अनुसार आगामी दिनमा अदालतले बोलाएको बेला खान हाजिर हुनु पर्नेछ । यो मामला दोषि ठहरिए सलमान खानलाई १० बर्ष सम्मको जेल सजाए हुन सक्ने बताईएको छ ।
२४ जुनमा सेशंस अदालतले सलमान माथि गैर कानुनी हत्याको मुद्धा चलाउने मेट्रोपोलिटन मजिस्ट्रेटको फैसलालाई उचित ठह¥याएको थियो ।
खान माथि सन् २००२ सेप्टेम्बर २८ तारिखका दिन मुम्बईको बान्द्रा ईलाकामा एउटा बेकरीको बाहिर पट्टिको फुटपाथमा बसेका बटुवा माथि कार दौडाएको आरोप छ । सो घटनामा १ बटुवाको ज्यान गएको भने ४ घाईते भएका छन ।
Post a Comment