news and more entertainment

श्रीकृष्ण र स्वेतालाई हेर्न बाबुआमा चाहिने-के भयोे श्रीकृष्णलाई ? अवस्था वुझ्न दाज्यू पनि दिल्ली पुगे


नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का अझै पनि भारतबाट फर्किएका छैनन् । श्रीकृष्णको स्वास्थ्य अवस्थाको बारेमा अझै पनि केही खुलाइएको छैन । यसैले पनि चलचित्र ‘कोहिनुर’का निर्देशक आकाश अधिकारी केही तनावमा देखिएका
छन् । उनले आफ्नो सिनेमाको सेन्सर पनि गराएका छन् । चलचित्र ‘कोहिनुर’ले पीजी सर्टिफिकेट पाएको छ ।

भारतमा वेचिएकी एक यूवतीको कथा भएकाले पनि यसलाई पीजी सर्टिफिकेट दिइएको निर्देशक अधिकारीले बताएका छन् । अब यो सिनेमा हेर्न १६ बर्षभन्दा तलका बालबालिकालाई बाबुआमा चाहिनेछ ।श्रीकृष्ण र स्वेता नहु“दा सिनेमाको प्रचारप्रसारमा समेत घाटा पुगेको छ । यो चलचित्र साउन २३ गतेबाट प्रदर्शनमा आउ“दैछ ।#onlinekhabar

 थप समाचार :
नायक श्रीकृष्ण श्रेष्ठ बिहे लगतै हनिमुन मनाउन भारत पुगेका थिए । तर स्वास्थ्यमा केही समस्या आएपछि उनी नेपाल र्फकन सकेका छैनन् । एक करोड भन्दा माथिको बजेटमा तयार भएको चलचित्र ‘कोहिनुर’ प्रदर्शन हुन ५ दिन बाँकी छ ।

तर प्रचारप्रसारमा चर्को रुपमा लाग्नु पर्ने श्रेष्ठ र उनकी धर्मपत्नी नायिका स्वेता खड्का नेपाल र्फकन सकेका छैनन् । उनीहरु भारत हानिएको २० दिन बढि भैसकेको छ । नेपाल नफर्किएपछि श्रीकृष्णका दाजु मिन श्रेष्ठ उनको स्वास्थ्य अवस्था वुझ्न दिल्ली पुगेका छन् । निर्देशक आकाश अधिकारी अहिले सिनेमाको प्रचार जोडतोडका साथ गरिरहेका छन् । तर कलाकार नै नभएपछि यसको प्रचार सोचेजस्तो हुन सकेको छैन ।

केही दिन अघि नै नेपाल र्फकनु पर्ने श्रीकृष्ण र स्वेता अझै पनि भारतमा नै छन् । केही दिनअघि मात्र नायिका खड्काले श्रीकृष्णलाई डाक्टरले केही दिन आराम गर्नुपर्ने भएकाले दिल्लीमा रहेको जनाएकी थिइन् । यसपछि नायक श्रेष्ठको खबर बाहिर आएको छैन । श्रीकृष्णको अवस्था बारे पत्नी स्वेताले पूर्ण जानकारी परिवारलाई नदिएपछि दाई दिल्ली हानिएका हुन् । चलचित्र ‘कोहिनुर’ साउन २३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget