उनी केएस्एस् सेक्युरिटी सर्भिसेस कम्पनीमार्फत उक्त होटलमा कार्यरत थिए । खरेलले उक्त समय पार्किङमा सुरक्षा दिईरहेका थिए । उक्त कम्पनीमा कार्यरत सुरक्षा गार्डहरुका अनुसार धारिलो हतियार र डण्ठाले आक्रमण गरेका कारण टाउकोमा गंभीर चोट लागेको छ ।
घटनास्थलमा रगतको भेल बगेको थियो । खरेलको‘रगतै रगतले टाउको पोतिएको थियो, राति ३:१६ मा कंपनीका मालीक सँग केलाङ अस्पताल पुग्दा ऊनी बेहोस अवस्थामा भएको’ एक गार्डले बताए ।
घटना भएपछि होटलका हाउस गार्डले प्रहरीलाई जानकारी दिएका थिए । घटनाको ४० मिनेट पश्चात यानी २:४० मा प्रहरीको भ्यानमा राखी उनलाई केलाङ अस्पताल पु¥याईएको थियो । हाल उनको अबस्था खतरामुक्त रहेको बताएको छ ।
घाईते क्षेत्र खरेललाई कसै सँग पनि भेट गर्न दिईएको छैन । घाइतेका भाइ चेत राज खरेल भने दाजुलाई भेट्न अस्पतालमा पुगिसकेका छन् । खरेल काठमाण्डौं सामाखुशीका बासिन्दा हुन ।
Post a Comment