बंगाली सहित ४२ नेपालीको अवस्था अज्ञात
काठमाडौं, भदौ १२– मलेसियास्थित जेसीवाई टेक्नोलोजी कम्पनीले नेपालीहरुलाई चरम यातना दिने गरेको त्यहाँ कार्यरत नेपालीहरुले बताएका छन् । एक नेपालीको मृत्यु भएपछि आन्दोलनमा रहका नेपालीहरुलाई कम्पनीले प्रहरी लगाएर चरम यातना दिँदै आएको पीडितहरुले बताएका छन् ।
गत सोमवार एक नेपालीलाई कम्पनीले उपचारमा वेवास्ता गरी उनको मृत्यु भएपछि सो कम्पनीका सबै कामदार आन्दोलनमा उत्रेका छ ।
गुल्मीको ईस्मारजस्थल–९ घर भई जोहरबारु स्थित सोहि कम्पनीमा कार्यरत केशव कुँवरले कम्पनीका विभिन्न ब्राञ्च गरी १५ सय भन्दा बढि नेपालीहरु आन्दोलनमा उत्रिएर काम ठप्प पारेका छन् ।
सोमवार त्यस कम्पनीको तेब्राउ शाखामा ताप्लेजुङ्गका हर्कबहादुर निरौला काम गर्दा गर्दै विरामी परेका थिए । विरामी उनलाई कम्पनीले अस्पताल लैजान नदिएर जवरजस्ती काममा लगाएको र पछि उनि सकिस्त भए पछि नेपालीहरुले अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको थियो ।
त्यस विरुद्ध आन्दोलनमा उत्रेका नेपालीहरुलाई उक्त कम्पनीले प्रहरी लगाएर चरम दमन गर्दै आएको नाम उल्लेख नगर्ने सर्तमा सोहि कम्पनीका कार्यरत धादिङका एक युवाले बताए ।
आन्दोलनको सुरुवात मैं आन्दोलनका मुख्य नाईकेहरु भन्दै प्रहरीले २५ जना नेपालीहरु पक्राउ गरी बेपत्ता पारे पछि शान्तिपुर्ण आन्दोलन हिंसक बन्दै गएको गुल्मीका कुँवर बताउँ छन् । कुँवरले अनुसार कम्पनीमा आगाजनी, तोडफोले स्थिती तनावग्रस्त बन्दै गएको छ ।
आन्दोलनकारी नेपालीहरुलाई प्रहरीले १० किलो तौलको सिमेन्टको भलिवल बनाएर खेल्न लगाउने र भुँईमा खसाले निर्घात कुट्ने, मुखमा तातो पानी खन्याई दिने, अश्रुग्यास हान्ने जस्ता चरम दुव्यवहार हुँदा समेत मलेसियास्थित नेपाली दुतावास रमिते बनेको कुवँरले आक्रोस पोखे ।
कम्पनीको ज्यादती दिन प्रति दिन हिंसक बन्दै गए पछि कुँवर त्यस कम्पनीको लिडर भएको नाताले सम्पुर्ण नेपालीहरुलाई आन्दोलनमा उत्रारेको बताउँ छन् । पछिल्लो जानकारी अनुसार २ जना बंगाली सहित ४२ जना नेपालीहरुलाई प्रहरीबाट पक्राउ गराएर बेपत्ता पारिएको छ ।
सो कम्पनीको मलेशियाका विभिन्न राज्य र अन्य मुलकमा समेत ब्राञ्च भएको बताईएको छ । आन्दोलनरत नेपालीहरुका अनुसार विभिन्न मुलुकका कामदार माथी त्यस कम्पनीले चरम श्रम शोषण र दमन गर्दै आई रहेको छ ।
प्रहरी र नेपाली दुतावास संग मिल्ने र नेपाली कामदारको शोषण गर्न पल्केको उक्त कम्नीले ओभर टाईम काममा लगाएको पैसा नदिने , होस्टलमा पानी , विद्युत लगायत दिनु पर्ने सुविधा नदिने र विरामी पर्दा उपचार गर्न जाने अनुमति पत्र नदिने गरेको नेपालीहरु बताउँ छन् ।
कुँवरलगायतका विभिन्न जिल्लाका नेपालीहरुले नेपाल सरकारबाट सहयोग नपाएको भन्दै सञ्चारमाध्यमबाट उद्दारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिन आग्रह गरेका छन् । प्रहरीको कुटाईबाट कैयौं नेपाली थला परेको बताईएको छ । कुटाई र चरम यातानाले आफुहरुको मृत्यु नै हुने हो कि भन्ने डरमा रहेको उनिहरुले बताए ।
यस प्रति मलेशियाको नेपाली राजदुतावास गम्भीर नभएको आन्दोलनरत नेपालीहरुको गुनासो । राजदुतावासका अधिकारीसंग पटक पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
Post a Comment