ती पाँच मध्ये दुई नाबालिग छन् । प्रहरीका अनुसार पीडिता बुधबार साँझ करिब साढे छ बजे आफ्नो साथीसँग भेट्नका लागि पार्कमा पुगेकी थिइन् । पार्कमा पुगेपछि उनले साथीलाई भेटिन् र अर्को एक केटा पनि उनीसँगै आएका थिए । केही बेरपछि अन्य तीन युवकहरू पनि आए । किशोरीले ती चारै जनालाई चिन्दैनथिन् । किशोरीलाई आफू कुनै संकटमा फसिसकेको शंका गर्न थालिन् ।
उनले त्यहाँबाट जाने निर्णय गरिन्, तर उसकी साथीले उनलाई फर्किन दिइनन् । यसपछि पाँच युवकले चक्कु देखाएर मंडावली रेल्वे लाइनको सुनसान स्थानमा लगे । पाँच आरोपीले त्यहाँ किशोरीको बलात्कार गरे र उनलाई कसैलाई नभन्नु भन्दै धम्क्याए । किशोरीले घर आएर आफ्ना आमाबाबुलाई घटनाबारे जानकारी दिइन् । यसपछि पीडिताका पिताले एफआइआर दर्ता गरे । किशोरीलाई लालबहादुर शास्त्री अस्पतालमा परिक्षण गरिएको थियो । प्रहरीले पाँच आरोपी विरूद्धमा मुद्दा दर्ता गरेको छ ।
Post a Comment