हरिण मारेको अभियोग लागेपछि सलमानलाई विभिन्न देशमा प्रवेश आज्ञा भिसामा समेत प्रतिवन्ध लाग्दै आएको छ । यसकै कारण कतिपय चलचित्र निर्माताहरुले ठूलो घाटा समेत ब्यहोर्नु परेको छ ।
उच्च अदालतमा दायर भएको मुद्धाका विषयमा टिप्पणी गर्दै सलमानले अदालतले आफूलाई आम नागरिक मानेको र कुनै विशेष सुविधा नदिएको बताए । आफू अपराधी पनि नभएको र विशेष मानिस पनि नभएको उनको भनाइ छ ।
सलमान भारतमा धेरै कमाउने र धेरै कर तिर्ने ब्यक्तिको सूचीमा अग्रस्थानमा आउँछन् ।
एक फिल्म सुटिङका क्रममा हरिण मारेको अभियोगमा सलमानले झन्झट ब्यहोर्दै आएका छन् । उनलाई यस अघि एक अदालतले ५ वर्ष कैद सजाय समेत सुनाएको थियो । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Post a Comment