news and more entertainment

मोदी आउँदा पूर्वराजाको गाडी किन कब्जा गरे ?

२१ साउन, काठमाडौं । मोदी नेपाल आउने भएपछि उनको सुरक्षा चिन्ता हुने नै भयो । त्यही क्रममा बुलेटप्रुफ गाडीको खोजी भयो ।
सरोकारवालाहरुसमक्ष सूचना आयो, पूर्व राजासँग एउटा बुलेट प्रुफ गाडी अझै पनि छ । तर, माग्ने कसरी, उनलाई भन्ने कसले ? अलमलका बीच मुख्यसचिव लीलामणि पौडेल अघि सरे र ज्ञानेन्द्रका सहायक डा. फणिराज पाठकलाई फोन गरे, ‘त्यो गाडी चाहियो, कहाँ र कुन हालतमा छ, पठाइदिनु होला ।’ तर उनले पनि मालिकलाई नसोधी गाडी पठाउन वा जवाफ दिन सक्ने अवस्था थिएन । एताबाट जवाफ आयो, ‘अहिले प्रयोगमा छैन्, बनाउन बर्कसपमा लगिएको छ ।’ सँगसँगै उनले पछि सोधेर जवाफ दिने मनसाय पनि प्रकट गरे । तर, त्यो गाडी सरकारको लागि काम लागेन किनभने मोदीका निम्ति भारतबाटै २ वटा बिएमडब्लु कार जहाजमा लोड गरेर ल्याइएको जनआस्था साप्ताहिकमा खबर छ । त्योमध्ये पनि एउटा सिंहदरबारमा पञ्चर भो तर पनि समस्याको गाँठो फुक्यो । तत्कालका निम्ति त समस्या समाधान भयो अब सार्क सम्मेलनमा आठ राष्ट्रका सरकार प्रमुखहरु आउँदैछन् । चीन र जापानलाई पनि त्यसमा पर्यवेक्षक बनाइएको छ । ती सबै देका हस्तीहरु आउँदा साथमा बुलेटप्रुफ कार पनि ल्याउनुपर्ने हो कि ? केही टुंगो छैन् । मोदीको भ्रमण प्रयोजनका निम्ति परराष्ट्रले २५ वटा गाडीको तयारी गरेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget