news and more entertainment

यी हुन् नरेन्द्र मोदीकी ‘धर्मबहिनी’

२१ साउन, काठमाडौं । नरेन्द्र मोदीका ‘धर्मपुत्र’ जीतबहादुर सारु मगरबारे त दुनियाँले थाहा पाइसकेको छ । तर, मोदीसँग जोडिएकी एक युवती छिन्, जो, आफ्ना दाजु तथा देशका प्रधानमन्त्रीलाई राखी बाँधिदिने दिन पर्खेर बसेकी छन् । यहाँ हामीले चर्चा गर्न खोजेको व्यक्ति हुन्, २० वर्षीया रिमल प्रजापति । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी ‘धर्मबहिनी’ हुन् ।
रिपलले पछिल्लो १० सालबाट नरेन्द्र मोदीलाई राखी बाँध्दै आएकी छन् । रिपलले पहिलो पटक सन् २००४ मा नरेन्द्र मोदीलाई टेलिभिजनमा देखेकी थिइन् । त्यही बेलादेखि रिपलले आफ्ना बाबुसँग नरेन्द्र मोदीलाई राखी बाँध्ने इच्छा जनाएकी थिइन् । छोरीको इच्छा पूरा गर्न रिपलका बाबु भुपेन्द्र भाइले गुजरातको मूख्यमन्त्री कार्यालयमा फ्याक्स गरेर जानकारी गराएका थिए । फ्याक्स गरेको भोलिपल्टै मूख्यमन्त्रीको कार्यालबाट फोन गरेर रिपललाई रक्षाबन्धनका दिन राखी लिएर मूख्यमन्त्रीको निवास आउन निम्ता गरिएको थियो ।
सोही दिनबाट मोदी र रिपलबीच भाइ-बहिनीको सम्बन्ध स्थापित भएको थियो ।रिपलले पहिलो पटक नरेन्द्र मोदीकहाँ राखी बाँध्न जाँदा आफ्नो साथमा भागवत गीत पनि लिएर गएकी थिइन् । आफूले राखी बाँधिदिएपछि दाजु नरेन्द्र मोदीले आफूूलाई सधैं आशिस दिने गरेको बताइन् । मोदीले रिपललाई जिन्दगीको कुनै पनि गन्तव्यमा तिमीलाई मेरो मद्दतको जरुरी परेमा सधैं याद गर्नु भनेर आर्शिवाद दिने गरेका छन् । नरेन्द्र मोदी देशकै प्रधानमन्त्री बनेर गुजरातबाट दिल्ली आएका छन् ।
रिपल यो पटक पनि मोदीलाई दिल्लीमै पुगेर राखी लगाईदिने योजनामा छिन् । उनले प्रधानमन्त्रीको कार्यालयमा चिठ्ठी पठाएर राखीका दिन मोदीसँग मिल्ने समय मागेकी छन् । तर, अहिलेसम्म रिपलको चिठ्ठीको जवाफ प्रधामन्त्रीको कार्यालयले दिएको छैन । चिठ्ठीको जवाफ नआएपनि रिपल मोदीले राखी बाँध्न आफूलाई बोलाउने कुरामा भने ढुक्क छिन् । एजेन्सीको सहयोगमा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget