काठमाडौं– हत्या प्रयासको अभियोगमा ६ महिनादेखि फरार रहेका कुख्यात गुन्डा दिनेश अधिकारी ‘चरी मारिएका छन् । काठमाडौं भिमढुंगामा केहीबेर अघि उनीमाथि गोली प्रहार भएको हो । चरीमाथि प्रहरीले ८ राउण्ड गोली प्रहार गरेको थियो भने प्रहरीमाथी चरी समुहबाट ७ राउण्ड गोली प्रहार भएको थियो । महानगरिय अपराध अनुसन्धान कार्यालयका डिएसपी मीरा चौधरीको टोलीसंग भएको भिडन्तमा उनी मारिएका हुन् । अधिकारी धादिङ क्षेत्र नम्बर १ का एमाले उपाध्यक्ष समेत हुन् । काठमाडौं सीतापाइलामाथि भीमढुंगामा केहीबेरअघि उनीमाथि गोली प्रहार भएको थियो । उनलाई पछ्याउँदै गएको प्रहरी टोलीलाई गोली फायर गरेपछि जवाफी फायर गर्दा ‘चरी’लाई गोली लागेको थियो । घटनामा एक प्रहरी जवान घाइते भएका छन् । अधिकारीको शव अझै घटनास्थलमै रहेको छ ।
६ महिनाअघि धादिङका राधे भण्डारीलाई खुकुरी हानी हत्या प्रयास गरेका अभियोग लागेपछि उनी फरार थिए । लामो समय भारतमा बसेका चरी १५ दिनअघि मात्रै काठमाडौँ प्रवेश गरेको सुरक्षास्रोतले जनाएको छ । उनी काठमाडौँ भित्रिएलगत्तै केही व्यापारीहरुलाई फोन गरेर धम्क्याएको सूचना पाएपछि प्रहरीले उनको खोजीलाई तीव्रता दिएको थियो । प्रहरी र चरीको समूह बीच झडप भएको भनिए पनि ‘चरी’माथि गोली कसले हान्यो भन्ने खुल्न सकेको छैन ।
चरी धेरै समयदेखि नयाँ बजार क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधिमा सक्रिय थिए । खाग तस्करी, हत्या र जबर्जस्ती पैसा असुलका धेरै घटनामा उनि सम्ग्लन भएको भनिए पनि सफाइ पाउँदै आएका चरी पछिल्लो समय क्यासिनोमा जुवा खेल्ने लतमा फसेका उनी आर्थिक रुपमा कमजोर भएका थिए । करिब ८ महिना अगाडि धादिङबाट काठमाडौँ फर्किएका ‘चरी’लाई काठमाडौँमा राधे समूहले गोली हानेको थियो । तर त्यतिखेर गोली उनको कुममा लागेको थियो तर बाच्न सफल भएका थिए ।
Post a Comment