news and more entertainment

महिलाहरू भन्दा धरै झूटो बोल्छन पुरुषहरू !

काठमाडौं, हालै गरिएको एक अध्ययनमा खुलासा भए अनुसार पुरुष महिलाहरू भन्दा धेरै झूटो बोल्दछन । एकातिर महिलाहरू कसैको भावनामा ठेस नपुगोस भन्ने डरले साँचो कुरा लुकाउछन भने, अर्कोतिर पुरूष आफ्नो पैसा बचाउँन वा बहसमा जित्का लागी झुटको साहरा लिने गर्दछन । औसतमा पुरुषहरू सातामा ४ पटक झुटो बोलने गर्दछन वा साँचो कुरा लुकाउने कोशिश गर्दछन । जबकि महिलाहरू सातामा तीन पटक यसो गर्दछन । कसैलाइ मुस्किल अबस्थाबाट निकाल्ने मामलामा पनि पुरुषहरू प्रायजसो झूटो बोल्दछन्र । पुरुषहरू कुनैपनि कुरालाइ अझ बढि सनसनीखेज बनाउने कोशिश गर्दछन । २००० जना ब्रिटिश युवकहरूमाथि गरिएको ताजा एक सर्वेमा यो कुराको खुलासा भएको हो । 
मानिसहरू सबैभन्दा धेरै झूटो आफ्नो मूडलाइ लिएर बोल्दछन । दुखित पुरूष दुखी भएर पनि ‘म ठीक छु’ भनेर झुटो बोल्दै यस कुरालाइ रोक्ने गर्दछन । अर्को सबैभन्दा झूटो कुरा कुनै गिफ्ट मन नपरेपनि दिनेलाइ नराम्रो नलागोस भनेर राम्रो भन्ने गर्दछन । यस पछि कुनै चीजको मूल्य तथा रोगका बारेमा पुरूषहरू सबैभन्दा धेरै झुटो बोल्ने गरेको कुरा उक्त सर्वेमा देखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget