news and more entertainment

सुनकोशीमा अर्को पहिरोको खतरा बढ्यो थप एकको शव भेटियो, १५५ को अवस्था अज्ञात

१८ साउन, काठमाडौं । गाउँ नै सखाप पार्ने गरी पहिरो गएको सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो जाने खतरा बढेको उद्धारमा खटिएका प्राविधिकले जानकारी दिएका छन् ।सानो-सानो पहिरो खस्ने क्रम नरोकिएपछि सरकारी प्राविधिकहरुको टोलीले आइतबार पहिरोको शीर राम्चे पुगेर अध्ययन गर्दा अर्को खतरा देखिएको हो । ‘झण्डै एक/डेढ किलोमिटरसम्म चिरा परेको देखिएको छ, त्योभन्दा पर हेर्न सक्ने अवस्था रहेन’ सशस्त्र प्रहरीका एसपी लक्ष्मण सिंहले अनलाइखबरसँग भने ।

त्रिभुवन विश्वविद्यालय भूगर्भ विभागका सहप्राध्यापक रञ्जनकुमार दाहालले अहिले जमेको पानी जतिसक्यो छिटो फाल्नुपर्ने बताए । नेपाली टोलीलाई सघाउन भारतबाट आएको प्राविधिकहरुको टोली समेत घटनास्थलमा पुगेको छ । चीनले पनि सहयोग गर्ने बताएको गृह मन्त्रालयले जनाएको छ ।

प्रविधिकहरुका अनुसार यो पहिरो कुनै पनि बेला खस्न सक्ने खतरा छ । पहिरो खसेमा यसले फेरि सुनकोशी नदी थुन्न सक्ने खतरा छ । प्राविधिकहरुका अनुसार जमीन चिरा परेकाले बम बिस्फोट गराएर पहिरोले नदी थुन्दा बनेको ताल खोल्नसमेत समस्या बनेको छ ।पानी परेकाले नदीमा पानी पनि केही बढेको छ । स्काभेटर, डोजर पनि लगिएको छ । 

सोमबारबाट क्रमिकरुपमा पहिरो हटाउने र पुरिएकाहरुको खोजी थालिनेछ ।थप एकको शव भेटियो, १५५ बेपत्ताउद्धारकर्मीहरुको टोलीले आइतबार थप एकको शव भेटाएको छ । ७ वषर्ीया सुआना श्रेष्ठको शव भेटिएको हो । यससँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

पहिरोले पुरिएको आशंकामा प्रहरी टोलीले जोडर लगाएर अरनिको राजमार्ग क्षेत्रमा केही पहिरो हटाएको छ । तर, केही गरगहनासहित ३ लाख ६० हजार भेटिए पनि मानिस भने नभेटिएको एसपी सिंहले बताए ।स्थानीयहरुले प्रहरी टोलीलाई नाम टिपाए अनुसार १५५ जना मानिस हराइरहेका छन् । पहिरो र बाढीको डरले घर छाडेर हिडेकाहरु आउने जाने क्रम चलिरहेको छ । दुई ठाउँमा घर भएकाहरु माथिल्लो क्षेत्रमा गएर बसेका छन् भने कोही आफन्त र प्रहरीको शरणमा छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget