news and more entertainment

आज बिहानै एकै चोटी ४ जनाले आत्मा हत्या..

विराटनगरअसोज, १८ – मोरङ जिल्लामा एकै दिन दुई महिलासहित चार जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले आज दिएको जानकारीअनुसार मधुमल्ला गाविस–३ बस्ने ५४ वर्षीया छायादेवी विकले शुक्रबार साँझ ६ बजे आफ्नै घरमा झुण्डी आत्महत्या गरेकी छिन् । 


यस्तै, राजघाट–२ बस्ने १७ वर्षीया सजु पाण्डेले आफ्नै घरमा शुक्रबार बेलुकी ८ः३० बजे झुण्डी आत्महत्या गरेकी छिन् । उपमहानगरपालिका–१३ स्थित ममः पसलमा काम गर्ने ओखलढुङ्गा जिल्ला मोली–५ बस्ने २२ वर्षीय विजय विकले प्लास्टिकको डोरी लगाई झुण्डी आत्महत्या गरेका छन् ।

 मोरङ सिसवनीजहदा–७ बस्ने २५ वर्षीय सुरज मण्डलले शुक्रबार बेलुकी ६ बजे मुसा मार्ने विषादी सेवन गरेको र उनको उपचारको क्रममा कोसी अञ्चल अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए । रासस 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget