news and more entertainment

थाई प्रेमिकाको ब्लाकमेलिङका कारण पारस पक्राउ

काठमाडौं, २९ असोज । हुने कुरा भएरै छाड्दोरहेछ । प्रेमिका कन्निका चाइसानको सुराकीका आधारमा पूर्वयुवराज पारस लागुऔषधसहित थाई प्रहरीको फन्दामा छन् ।
जुन कारणले उनलाई परिवारले नेपाल नआओस् भनेको थियो र जुन जिद्धी नछोड्दा पारस देश र परिवारसँग टाढिएका थिए, अन्ततः नरहे बाँस, नबजे बाँसुरीजस्तो हुन पुगेको छ ।
अर्थात् पछिल्लो गिरफ्तारीपछि थाई प्रेमिका चाइसानको ब्लाकमेलिङमा परेको र उनको माग पूरा गर्न नसक्दा उनकै सुराकका कारण आफू समातिएको खबर पारसले निर्मल निवासमा पठाएका छन् ।
बैंककस्थित पारसका निकटहरुले यो खबर टेलिफोनमा पारस पत्नी हिमानीको कानमा पारेका छन् । र, खबरसँगै छोरो सुध्रने आशामा छन् बाबु तथा पूर्वराजा ज्ञानेन्द्र पनि ।

हृदयघातपछि आराम गर्नुपर्ने ज्ञानेन्द्र पारस पक्राउको खबरले निराश मात्र भएका थिएनन् यस्तो बेइज्जतीपूर्ण जीवन बाँच्नुको सार नहुने भन्दै परिवारसँग असन्तुष्टि पोख्दै थिए । तर, प्रेमिकाप्रति पारसको मोह भंग भएको र उनीबिना पनि बाँच्न सक्ने खबर सुनेपछि ज्ञानेन्द्र केही तंग्रिएका जनआस्था साप्ताहिकमा खबर छ 

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget