news and more entertainment

हामी बाँच्नका लागी शरिर बेच्छौं : केकी अधिकारी

पहिलो चलचित्र अन्तरालबाट राम्रो प्रशंसा कमाउन सफल महिला निर्देशक दीपा बस्नेतले निर्देशन गरेको चलचित्र श्री ५ अम्बरेको ट्रेलर रिलिज भएको छ । आज युटुब मार्फत १ मिनेट ५९ सेकेण्ड लामो ट्रेलर निकै धमकेदार देखिएको छ । चलचित्रमा अभिनय गरेका कलाकारहरुको अभिनय निकै मनमोहक रहेको छ । केहि कमेडि केहि मायाप्रेम केहि अनौठा सपनाहरुलाई चलचित्रको ट्रेलरले देखाउन खोजेको छ । चलचित्रको ट्रेलर हेर्दा चलचित्रले सजिलै दर्शकको मन जित्न सक्ने देखिन्छ । ट्रेलरमा नायिका केकि अधिकारीले हामी बाँच्नका लागी शरिर बेच्छौं भन्ने शब्दले पनि बजारमा चर्चा बटुल्दै गएको छ । ट्रेलरमा होइन चलचित्र श्री ५ अम्बरेको गीत संगीतले पनि यति बेला राम्रै बजार तताइरहेको छ । “यो मनमा हमेशा” , “आँखै अघि जल्यो मेरो” र “दुखियाको दुखि कर्म”बोलको गीतहरु यति बेला दर्शकले गुनगुनाइरहेको पाँउन सकिन्छ । लचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राइ , मार्टिन खान, राज गोदाइली आदी कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई जिवनसाथी फिल्मस्को व्यानरमा टि। एन। आचार्य र दिपक आचार्य निर्माण गरेका हुन् । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget