news and more entertainment

बस र ट्रक ठोक्किंदा १६ जना घाइते

पर्वत, आषाढ १८ । पर्वत सदरमुकाम कुश्मा नगरपालिकाको वडा नम्बर १२ स्थित चुवामा बस र ट्रक ठोक्किंदा बसमा सवार १६ जना यात्रु घाइते भएका छन् ।

बाग्लुङबाट कोठियाघाटतर्फ जाँदै गरेको ना४ख ५४३० नम्बरको बस र पोखराबाट बागलुङतर्फ जाँदै गरेको ना४ख ८७८४ नम्बरको ट्रक ठोक्किएका हुन् ।

घाइते मध्ये दुदिलाभाटी बाग्लुङकी रुपा विकको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ । बस र ट्रक चालक दुबै प्रहरी नियन्त्रणमा रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget