news and more entertainment

छबी संग विवाहको कुरा आएपछि शिल्‍पा किन ढोका थुनेर रोइन ? (भिडियो सहित)

छविराज ओझाको लगानीमा नवल नेपालद्वारा निर्देशित चलचित्र 'लज्जा' तिहारदेखि प्रदर्शन हुँदैछ। आर्यन सिग्देल, शिल्पा पोखरेल, मिथिला शर्मा, किरण केसी आदिको अभिनय रहेको यस चलचित्रमा चेतन सापकोटाको संगीत, चन्द्र पन्तको द्वन्द्व एवं मदन काश्यप घिमिरेको छायांकन रहेको छ। चलचित्र प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माता छविराज र नायिका शिल्पाबीचको प्रेमचर्चा पनि चुलिएको छ। यसबारे अन्‍नपूर्णकर्मी अशोकप्‍यासी राई र नायिका शिल्पा पोखरेलबीच भएको कुराकानी:
पहिलो चलचित्र प्रदर्शन हुन लाग्दा कस्तो अनुभूति भइरहेको छ? 
प्रदर्शन मिति जति नजिकिँदै छ मलाई त्यत्तिकै डर लागिरहेको छ। छायांकनभन्दा अहिलेको समय मलाई कठिनजस्तो लागिरहेको छु। 
दर्शकले चलचित्र 'लज्जा' हेर्नुपर्ने खास के छ? 
समाजमा अहिले के भइरहेको छ, चलचित्र 'लज्जा'मा त्यही छ। हामी के गरिरहेका छौं, के काम गर्दा वा बोल्दा अरूलाई असर पर्छ, ती कुरा चलचित्रमा छ। यो नारीप्रधान चलचित्र हो। 
छायांकन हुनुअघि कल्पना गरेजस्तो चलचित्र बनेको छ त? 
'लज्जा' मैले सोचेभन्दा राम्रो चलचित्र बनेको छ। छायांकनअघि भएको कार्यशालामा जसरी अभ्यास गराइएको थियो, छायांकनपछि पर्दामा आउँदो त्योभन्दा राम्रो भएको छ। 
अभिनयमा आउने संयोग कसरी जुर्‍यो? 
मेरो लक्ष्य कोरियोग्राफर बन्‍ने थियो। नृत्य सिकेर नचाउने हो, कहाँ आफू नाच्ने भन्‍ने लाग्थ्यो। तर, अढाई वर्षअगाडि टेलिसिरियल 'घरबेटी बा' मा अभिनय गर्ने संयोज जु:यो। त्यसपछि म्युजिक भिडियो हुँदै चलचित्रसम्म आइपुगेँ। 
पहिलो चलचित्रमै स्थापित निर्माताका साथ काम गर्न पाउँदा कस्तो लागेको छ? 
यो मेरो लागि ठूलो अवसर हो। आफूलाई भाग्यमानी ठानेकी छु। चलचित्रमा आउनुअघि पनि एक वर्षको अवधिमा एक सय ३५ वटा म्युजिक भिडियोमा काम गरेँ। एक वर्षमा यति धेरै भिडियो सायदै कसैले गरेका होलान्। 
छविराज प्रोडक्सनसँग कसरी नाता जोडियो? 
म्युजिक भिडियो गर्ने क्रममा निर्देशक शंकर बीसीले छविराज प्रोडक्सनले नयाँ नायिका खोज्दैछ, प्रस्ताव आयो भने अभिनय गर्ने हो? भनेर सोध्नुभयो। मलाई ठट्टा गरेजस्तो लाग्यो। रेखा थापा हुँदाहुँदै मलाई प्रस्ताव आउने कुरा पत्याउनै सकिनँ। तर, हो रहेछ। 
अनि कुरा कसरी अघि बढ्यो? 
खासमा चलचित्र 'लोफर' का लागि नयाँ अनुहार खोजिएको रहेछ। तर, मेरो म्युजिक भिडियो, फोटो हेरेपछि नारीप्रधान चलचित्र 'लज्जा'मा 'स्ट्रोङ रोल' छ, त्यसमा काम गर्नु भनेपछि मैले यो अवसर पाएकी हुँ। 
तपाईंलाई कर्मभन्दा पनि भाग्यले नायिका बनेको भनिन्छ नि? 

सायद होला। तर, म जुन भूमिका गर्छु त्यसलाई न्याय गर्छु। चाहे चलचित्र् होस वा म्युजिक भिडियो। मेरो काम हेरेरै मैले मौका पाएकी हुँ। 
अब म्युजिक भिडियोमा मोडलिङ? 

अहिले चलचित्रमा व्यस्त भएकाले छानेर थोरै म्युजिक भिडियोमा मात्रै काम गरेकी छु। 
अहिले तपाईं र छवि ओझाबीच प्रेमचर्चा छ नि? 

चर्चा चल्नु सामान्य कुरा हो। खासमा रेखाजीले १२ वर्षसम्म उहाँसँग काम गर्नुभयो। त्यसपछि उहाँकै नारीप्रधान चलचित्रमा एक्‍कासी मैले काम गर्दा त्यस्तो हल्ला चलेको हो। 
विवाहकै कुरा आएको छ त? 

सुरुमा रेखा थापासँग चलचित्रमा काम गर्दागर्दै विवाह भएकाले सायद यस्तो कुरा आएको होला। तर, हाम्रो भेट कामको सिलसिलामा अफिसमा मात्रै हुन्छ। जजसले अफिसमा आएर कुरा गर्नुभएको छ, त्यो हल्लामात्रै रहेछ भनेर थाहा पाउनुभएको छ।
छविजीले त शिल्पाले स्वीकारे विवाहका लागि हामफालेर जान्छु भन्‍नुभएको छ? 
सुरुमा त म पनि छक्‍क परेँ। तर, धेरैजनाले तपाईं र शिल्पाबीच के छ भनेर सोध्दासोध्दा वाक्‍क लागेर त्यसो भन्दिनुभएको रहेछ। शिल्पाले स्वीकारेमा विवाहका लागि हामफालेर जान्छु भनेर मिडियामा आएको दिन ढोका थुनेर बेस्सरी रोएकी छु। जसलाई विश्‍वास गरेर सबै कुरा भन्छु, उसैले नराम्रो दृष्टिले हेर्‍यो भने नरमाइलो त लाग्छ नै। 
चलचित्र 'लज्जा' का निर्माता छविराज ओझाले शिल्पाले स्वीकारेमा विवाहका लागि हामफालेर जान्छु भनेर मिडियामा आएको दिन ढोका थुनेर बेस्सरी रोएकी छु। 
source: annapurnapost
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget