काठमाडौ, आश्विन २१ - बलिउडका चर्चित अभिनेता आमिर खान दुई दिने भ्रमणको लागि आज नेपाल आएका छन् ।
उनी जेट एयरवेजको विमानबाट १:३५ बजे आफ्ना ६ जना सुरक्षागार्डसहित त्रिभुवन बिमानस्थल ओर्लिएका हुन् ।
खान अहिले काठमाडौं स्थित द्वारिकाज होटलमा बसेका छन् ।
उनी भोलि लुम्बिनी भ्रमणको लागि जाने स्रोतले जानकारी दिएको छ । खान यूनिसेफको सद्भावना दुत हुन् ।
उनी भोलि साँझ भारत फर्किने बताइएको छ ।
केही समयअघि फिल्म सुटिङका लागि भारतीय अभिनेता अक्षय कुमार नेपाल आएका थिए भने यूनिसेफ सद्भावना दुत सेलेना गोमेज पनि नेपाल आएकी थिइन् ।
उनको सामाजिक चेतनामूलक चर्चित टिभी शो सत्यमेभजयतेको दोस्रो संस्करण सुरु हुँदैछ । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Post a Comment