news and more entertainment

हमासद्वारा युद्द विरामलाई लत्याएपछी इजरायलद्वारा गाजामा ६ घण्टा पछी पुन आक्रमण शुरु

एन आइ न्यूज इजरायल इजरायलले इजिप्टको मध्यस्थतामा युद्दविरामकोलागि सहमती जनाउदै मंगलवार विहान ९ बजेदेखि युद्दविरामको घोषणा गरे पनि हमासले युद्दविरामलाई लत्याउदै इजरायलमाथि आक्रमण जारी राखेपछी इजरायली प्रधानमन्त्री वेन्जामिन नतान्याहु र रक्षा मन्त्री मोशे आयलोनले पुन गाजापट्टीमा आक्रमण शुरु गर्न आदेश दिएका छन् ।

इजरायलले इजिप्टको मध्यस्थतामा भएको युद्द विरामलाई सकारात्मक हिसावले पालना गरेको ६ घण्टा पछी अप्रहान्न ३ बजे हमास र जिहादल युद्दविरामलाई लत्याएपछी इजरायली प्रतिरक्षा सेनाले आक्रमण जारी राखेको कुटनितिक अधिकारीहरुले बताएका छन् । इजरायली बायु सेनाका विमानहरुले निर्णय अनुरुप हमासका किल्लाहरुमा पुन आक्रमण शुरुगरिसकेको छ ।

 इजरायली प्रतिरक्षा सेनाले इजरायलमाथि आक्रमण गर्ने सम्पूर्ण आतंकवादी तत्वहरुलाई सखाप पारिने बताएको छ । ऩतान्याहुले मंगलवार विहान इजरायलमाथि निरन्तर आक्रमण जारी रहे आक्रमणलाई वढाउने चेतावनी दिएका थिए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget