
फिल्मलाई बलिउडका चलेका फिल्मकर्मी राम गोपाल बर्माले निर्माण गरेका हुन । फिल्मको अश्लिल पोस्टर डिजाइनको जुक्ति पनि उनकै हो । तसर्थ उनीमाथी हाल मुद्दा दर्ता भएको छ । पोस्टरमा एक १३ बर्षीय बालकलाई अश्लील हर्कत देखाएको उनीमाथी आरोप छ ।
स्टेट कमिशन फर प्रोटेक्सन अफ चाइल्ड राइट्स नामक संस्थाले राम गोपाल बिरुद्ध बालकको अधिकार उल्लंघन गरेको आरोपमा केश दर्ता गराएका हुन । बर्माले भने हरेक टिनएजरको ‘सावित्री’ हुने र पोस्टरलाई आपत्तिजनक मान्न नमिल्ने भन्दै स्पष्टिकरण दिएका थिए । तर उक्त संस्थाले उनको यो भनाईलाई मानेको छैन ।
बताइअनुसार अश्लील सीन समावेश गरेकोमा को धारा २९२ को उपधारा १ र २ को अधारमा बर्मालाई कारबहि हुन सक्छ । उनी दोषी साबित भएको पाँच बर्षभन्दा बढी जेल हुन सक्ने बताइन्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
Post a Comment