news and more entertainment

एमाओबादीमा खिचातानी र घोच पेच बाबुरामले भने झारपातले पार्टी ढाके

४ साउन, काठमाडौ । एकीकृत माओवादीको विस्तारित बैठकको उदघाटन सत्रमा दोस्रो र तेस्रो तहका नेताहरुबीच घोचपेच भएको छ । उदघाटन सत्रमा माओवादीका प्रभावशाली नेता डा बाबुराम भट्टराइले शान्ति प्रक्रिर्यामा आइसकेपछि पार्टी ऐजरु र झारपातले ढाकेको टिप्पणी गरे । संसदीय प्रक्रिर्यामा आएपछि पार्टीभीत्र उम्रिएका ऐजरु र झारपातले माओवादीलाइ कमजोर बनाएपनि विस्तारित बैठकपछि पार्टी सुदृढिकरण भएको बताए । प्रष्ट नभनेपनि बावुरामको भनाइ शान्ति प्रक्रिर्यापछि माओवादीमा आएका नारायणकाजी समूहका नेताहरुप्रति लक्षित थियो । बवुरामले ऐजरु र झारपातको संज्ञा दिदा अन्य दलवाट माओवादीमा आएकाहरु चिडिएका थिए । तर उदघाटन समारोहमा अध्इक्ष प्रचण्ड लगायतका नेताहरु हसिलो मुद्रामा देखिएपनि वाबुराम निराश र भावुक देखिएका थिए । प्रचण्डको दाहिने पट्टी डा बावुराम र देब्रे साइडमा नारायणकाजी बसेका थिए । प्रचण्डको पछाडि कृष्णबहादुर महरा बसेका थिए । बैठकमा उपाध्यक्ष नारायाणकाजी श्रेष्ठ प्रकाशले चुनाव जित्ने भन्दापनि पार्टीलाइ क्रान्तिकारी बनाउनुपर्ने बताए । उनले पार्टी बुर्जुबा हुने खतरा रहेको बताएका थिए ।baburam bhattrai
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget