यूएईमा ज्यान गुमाएका नेपालीको परिवारलाई ४० लाख सहयोग
यूएईमा ज्यान गुमाएका धादिङ ६ कटौजेका धनबहादुर तामाङको परिवारलाई उहाँ कार्यरत कम्पनीमा रहेका नेपालीले ४० लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
तामाङको केही समय अघि हृदयघातका कारण ज्यान गएको थियो । कम्पनीका सेक्युरिटी अफिसर रामेछापका टंकप्रसाद कडेंलको सक्रियतामा सकंलन गरिएको करिब ४० रुपैयाँ मृतकका परिवारलाई बुधबार हस्तान्तरण गरिएको हो । तीन वर्ष अघि युएई पुगेका तामाङको दुई महिना अघि सुतेकै अवस्थामा ज्यान गएको थियो ।
कम्पनीमा कार्यरत नेपालिहरुको अग्रसरतामा कम्पनी बाहिरका नेपाली र कम्पनीमै कार्यरत बङगाली, भारतीय, पाकिस्तानी कामदारबाटसमेत गरी करिब २९ हजार यूएई दिराम्स सकलन गरिएको हो । त्यस्तै कम्पनी मालिकले १२ हजार यूएई दिराम्स सहयोग गरेका थिए ।
Post a Comment