news and more entertainment

प्रेमको पीडा

सृष्टि ढकाल
अल्पकालीन जीवनको दीर्घकालीन योजनामा समय परिस्थितिसँग मेल हुँदाहुँदै अञ्जानमा नै हाम्रो माया के हुन गयो कल्पना बाहिरको कुरा रह्यो । समयले नै मानिसलाई हरेक
ठाउँ र परिवर्तनको भूमिका खेल्दो रहेछ । कोइलीको जस्तो तिम्रो मधुर मुस्कान र बोलीको प्रभावले आज म सात समुन्द्रपारि भए पनि एउटै घर आँगन र मायाको सागरमा बाँच्न र रहन बाध्य भएर पत्र लेख्ने अधिकार नभए पनि सन्देश लेखें। यसलाई प्रवासमा बस्ने इष्टमित्रहरूले तिम्रो कानसम्म पुर्याइदिनेमा आशावादी छु । तिम्रो सुनौलो जीवन जहाँ रहे पनि हाँसो खुसी रहोस् भगवानसँग मेरो यही पुकार छ । तिम्रो हृदयको कुनामा पराईलाई अँगाल्यौ । मेरो पवित्र मायालाई कुल्ची पराईसँग रमायौ । सायद फूलहरूमा भमरा झुम्मिनु ठीक हो, फूल नै दोषी भइदिएपछि भमराको दोष पनि रहेन । यो जुनी धिक्कार रहेछ भन्ने लागिरहेछ । फेरि अर्को जुनीमा सकिएछ भने, सँगै रमौंला । विछोडको पीडाले मलाई एकदम सताइरहेछ । भुल्न खोज्यो झन् दिनरात बल्झिरहन्छ । हरपल तिम्रो मात्र याद र सम्झनाले सताइरहन्छ । तिमी त सुखद जीवनसँगै हाँसीखुशीमा रमाएकी हौली । मेरो पनि कामना छ, तिम्रो जीवन यसरी नै हाँसीखुसी बितोस् । तर पनि लाग्छ, जीवनमा धोका पाउनु थियो त प्रेम नै किन भयो । तिम्रो यादमा बाँच्ने मानिसलाई किन टाढा बनायौ । मेरो पनि मान्छेकै मुटु छ । यसरी पीडा दिनु थियो त माया लगाएर धोका दियौ किन ? मेरो हृदयलाई रुवाई हृदय छियाछिया किन बनायौ । हृदय छियाछिया लिएर म त बाँच्न बिर्सन्छु तर पत्थर मुटु भएकी मेरो जस्तो पीडा र धोका अरू कसैलाई नदिनु । म तिम्रा झूटा आश्वासन र धोकेबाज मायाले गर्दा यो जुनीभर अपांगझैं बने, यस्तो तिमीबाट अरू कसैलाई दुर्गति नहोस्, बस् यति मात्रै । र अन्त्यमा तिम्रो सुन्दर जिबनको कामना गर्दछु। उहि तिमीलाइ हरदम माया गरीरहने…………
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget