news and more entertainment

अन्जु पन्तको पछिल्लो कदम असाह्य,बेसाहरा र अनाथलाइ पैसा बाड्दै !!!

हङकङ । पछिल्लो समय अनावश्यक विवादमा फसेकी लोकप्रिय गायिका अञ्जु पन्त स्वरकी जति धनी छिन् मनको पनि उत्तिकै धनी रहेको उनको पछिल्लो सहयोगी कर्मले पुष्टि भएको छ ।


असाह्य,बेसाहरा र अनाथ बालबालिकाहरुको आश्रय र पालनपोषणमा क्रियाशील सहारा एकेडेमी  पोखराका लागि गायिका अञ्जुले एक लाख रुपैयाँ सहयोग स्वरुप प्रदान गरेकी छिन् । एकेडेमीकै सहयोगार्थ यही अक्टुवर १ का दिन हङकङमा आयोजित कार्यक्रमबाट आफूले पारिश्रमिक स्वरुप पाएको एक लाख रुपैयाँ अञ्जुले कार्यक्रमकै बीचमा एकेडेमीलाई हस्तान्तरण गर्ने घोषणा गरेकी थिइन् ।

सहारा साँझ २०१४ नाम दिइएको उक्त कार्यक्रमका लागि अञ्जुसँगै गायक यशकुमार र भलिवल खेलाडी तथा मोडल सिपोरा गुरुङले हङकङ पुगेर आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।

दशैंको अवसर पारेर आयोजित सो कार्यक्रममा अञ्जुले दशैंको शुभकामना दिदै दशैं सम्बन्धी एउटा गीत समेत गाएकी थिइन् ।भिडियो तल छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget