news and more entertainment

पारस आउने भए हिमानी बैंकक लिन जाने

पारसलाई सघाउन सीताष्मा बैंककमा
काठमाडौं,असोज ३० – गाँजासहित पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई नेपाल फर्काउन उनकी बहिनी (काकाकी छोरी) सीताष्मा मंगलबार थाइल्यान्ड गएकी छन् । सीताष्मा पूर्वअधिकारकुमार धीरेन्द्रकी माइली छोरी हुन् ।
पारसलाई धरौटीमा रिहा गर्न सीताष्माले पूर्वराजा ज्ञानेन्द्रबाट थप रकम लिएर गएको स्रोतले जनाएको छ । तीन दिनअघि पारसका पूर्वसहयोगी राजेश पनि निर्मलनिवासबाट पैसा लिएर बैंकक गएका थिए । थाई अदालतले पारसलाई १२ दिन थुनामा राख्न आदेश दिएको छ । थाइल्यान्डमा रहेका नेपालीका सहयोगमा सीताष्माले उनलाई धरौटीमा रिहा गराउने प्रयास गर्नेछिन् ।
यसैबीच, सीताष्माले पारसलाई तिहारमा उतै टिका लगाइदिने र पारस आउने भए लिन हिमानीसमेत बैंकक जाने बताइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget