news and more entertainment

ऐश्वर्याले गरेको काम गर्दै सनी लियोनी

मुम्बइ, ओल्ड इज गोल्ड, यो कुरा त सही नै हो । त्यहि कारणले हिजोआज बलिउडका निर्माता तथा संगीतकारहरू लगातार पुराना कुराहरूमाथि दाउ लगाइरहेका छन । यसको बलमा उनीहरूले धेरै पैसा पनि कमाएका छन । अब एकपटक फेरी यस्तै पुरानो धुन सुन्न पाइने भएको छ । जसलाइ मानिसहरूले मन पराउने अनुमान गरिएको छ । बलिउडमा सलमान खान-ऐश्वर्या राय स्टारर ‘हम दिल दे चुके सनम’ लाइ मानिसहरूले अझै भूलेका छैनन । 

यस फिल्मको गीत ‘ढोली तारो ढोल बाजे’ पनि धेरैलाइ अझै याद छ । समाचार अनुसार ऐश्वर्याले यो गीतमा जुन शानदार ढंगले नाचेकी थिइन, अब केही यस्तै सनी लियोनी पनि गर्न गैरहेकी छन । सूत्रहरूका अनुसार, निर्देशक बबी खानको आगामी फिल्म ‘लैला’ मा ढोली तारो गीतलाइ सनी लियोनी लियोनीमाथि छायाँकन गर्ने योजना बनाइएको छ । सनी यस फिल्ममा एक निकै सुन्दर राजकुमारीको भूमिकामा अभिनय गर्दैछिन । जसलाइ कयौं युवकहरूले बिबाह गर्न चाहन्छन, जसका लागी उनीहरू बिभिन्न तरिकाले रिझाउने कोशिश गर्दछन । 

सूत्रहरूका अनुसार यो गीत ढोली तारो लाइ संगीतको नयाँ प्रविधिका साथमा नयाँ ढंगले रेकर्ड गरिनेछ । जसलाइ तुलसी कुमारले गाउनेछिन । यो फिल्ममा मरूभूमि क्षेत्रको कथा रहनेछ । अहिले यस गीतलाइ सनीमाथि मरूभूमिमा निकै भव्यताका साथमा छायाँकन गर्ने तयारी भैरहेको छ । यस फिल्मको पुरै शूटिङ राजस्थानमा हुने भएको छ । ढोली तारोमाथि उनको डान्सको तुलना पनि ऐश्वर्याको डान्ससंग गरिनेछ । यस फिल्मको निर्माण भूषण कुमारले गर्दैछन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget