मधुर भण्डारकर माथि फिल्ममा काम दिने लालच देखाई यौन शोषण गरेको आरोप लागेको छ । सो आरोप मोडल प्रिती जेनले लगाएकी हुन् ।
प्रितीका अनुसार सन १९९९ देखि २००४ सम्म मधुरले फिल्ममा खेलाइदिने भन्दै जबरजस्ती यौन शोषण गरेका थिए । सन २००६ मा प्रितीले जब मधुरबिरुद्ध उजुरी गरिन तब त्यो घटना सार्बजनिक भएको थियो । सन २००६ मा त्यो मुद्दा खारेज गरिएको खबर छ । त्यसपछि सन २००९मा मधुर सो आरोपबाट मुक्त भएपछि भएकोे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यममा यो कुरा अहिले चर्चामा रहेको छ । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Post a Comment