news and more entertainment

९० मिनेट लामो ओबामा र पुटीनबीच फोनवार्तामै चर्काचर्की

मस्को, फागुन १७(एजेन्सी)–अमेरिकी राष्ट्रपति बाराक ओबामाले युक्रेनमा सैनिक पठाएको भन्दै रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको बताएका छन् ।
उनीहरुबीच भएको फोनवार्तामा ओबामाले युक्रेनमा सेना पठाएर रसियाले गल्ती गरेको बताएको अधिकारीहरुले जनाएका छन् । फोनवार्ताका क्रममा युक्रेनमा हालै भएको राजनीतिक अस्थिरताको बारेमा कुराकानी भएको थियो ।
त्यस क्रममा राष्ट्रपति ओबामाले रसियाले गरेको कानुन विरोधी कामका कारण रसिया विश्व राजनीतिबाटै बहिर पर्नसक्ने सम्भावना रहेकोतर्फ ध्यानाकर्षण गराएको बताइएको छ ।
हालैमात्र युक्रेनमा भएको राजनीतिक विद्रोहपछि पहिलो पटक उनीहरुबीच फोनवार्ता भएको हो । उनीहरुबीच करिब ९० मिनेटसम्म कुराकानी भएको थियो ।
युक्रेनको क्रिमिया प्रायद्वीपमा हालै हतियारधारीहरुले त्यहाँको विमानस्थल नियन्त्रणमा लिएका छन् । त्यसयता उक्त प्रायद्वीपमा रसियाको प्रत्यक्ष चासो रहँदै आएको छ ।
सो देशमा सहयोगको लागि भन्दै रसियाले सैनिक पठाउन लागेको बुझिएको छ । रसियाले क्रिमियामा कम्तीमा पनि ६ हजार सेना पठाउने तयारी गरिरहेको बुझिएको छ ।
त्यसको विरोधमा राष्ट्रपति ओबामाले पुटिनसँग वार्ता गरेका हुन् । उनीह्रुबीच फोनमा चर्काचर्की नै भएको अधिकारीहरुको भनाई छ ।
शीतयुद्धपछि यो पहिलो पटक अमेरिका र रसियाका राष्ट्रपतिका बीचमा यो रुपमा भनाभन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
यो वार्ताको समाचारपछि युक्रेनका अधिकारीहरुले त्यहाँको सैनिकलाई उच्च रुपमा सतर्क राखेका छन् । उनीहरुले युद्धको सम्भावना रहेको भन्दै त्यसका लागि पनि तयारी हालतमा रहेको जनाएका पनि अर्काे एक समाचारमा जनाइएको छ ।
ratopati.com 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget