news and more entertainment

October 2014



एजेन्सी । महिलाहरुका लागि सेक्स गर्नुका निकै फाइदाहरु छन् । के तपाईंलाई थाहा छ, सेक्स गर्नाले महिलाको तौल घट्छ, छाला चम्किलो हुन्छ र मुटुको रोगहरु पनि लाग्दैन ।


महिलाहरुका लागि सेक्स किन आवश्यक छ र यसको फाइदा के हो थाहा पाउनुहोस्ः

१. दुखाईबाट मुक्तिः
दुखाइबाट मुक्ति दिन सेक्स प्राकृतिक औषधी हो । सेक्स गर्नाले अक्सिटसिनलाई नष्ट गर्ने गर्दछ र यसले कुनै पनि पिडा र दुखाई कम गर्दछ ।

२. स्वस्थ छालाः
डीएचएक नामक हर्मोन एउटा यस्तो तत्व हो जुन चरमोत्कर्षको दौरान प्रवाह हुने गर्दछ । यो तत्वले छालालाई स्वस्थ, डण्डिफोरबाट मुक्ति र छालाको चमक बढाउनमा मद्दत गर्दछ ।


३. पाठेघरको क्यान्सरः
पुरुषहरुको इज्याकुलेसनले प्रोस्टेट क्यान्सरबाट बचाउँछ भने महिलाहरुको इज्याकुलेसनले पाठेघरको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने गर्दछ । सेक्सपछि चरमोत्कर्षसम्म पुग्ने प्रक्रियामा महिलाहरुले पाठेघरको क्यान्सरसँग लड्ने शक्ति प्रदान गर्दछ ।

४. तनाव कम गर्ने माध्यमः
तनावले धेरैजसो मानिसहरुलाई आफ्नो शिकार बनाएको हुन्छ । तनावबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको सेक्स नै हो । सेक्सको दौरान तपाईंलाई तनाव र डिप्रेसनबाट बचाउँछ किनभने सेक्स गर्दा अक्सिटसिनबाट मुक्ति दिने गर्दछ जुन तनावको लागि जिम्मेवार हुने गर्दछ ।

५. मिठो निन्द्राः
सेक्सले निन्द्रालाई बढाउँछ र अक्सिटोसिनलाई हटाउन मद्दत गर्दछ, जसले निन्द्रा आउन मद्दत गर्छ । यहि कारणले गर्दा पुरुषहरुलाई सेक्सलगत्तै निन्द्रा लाग्ने गर्दछ ।

६. रोग प्रतिरोधात्मक क्षमताः
कमजोर प्रतिरोधात्मक क्षमता भएका कारण मानिसहरु छिट्टै बिरामी हुने गर्दछन् । यदि तपाईंलाई कुनै साइड इफेक्ट बिना रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नु छ भने सेक्स गर्नुहोस् । सेक्स गर्ने क्रममा शरिरमा डीएचइए नामक हर्मोन उत्पादन हुने भएका कारण रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने गर्दछ ।

७. मुटुको रोगः
धेरैजसो मानिसमा मुटुको रोग हुने गर्दछ । तर सेक्सले मुटुको रोगबाट बचाउन सक्छ । नियमित रुपमा सेक्स गर्नाले मुटुको रोगको खतरामा कमी आउँछ ।

८. रक्त संचारः
सेक्सका दौरान तपाईंको शरिरमा अक्सिजन र रक्तसंचार बढ्ने गर्दछ । राम्रो रक्तसंचारले राम्रो स्वास्थ पाइन्छ ।

९. तौल घटाउनुहोस्ः
सेक्स गर्नाले तापईंको क्यालोरी नष्ट हुने गर्दछ र यसबाट तपाईंको तौल घट्ने गर्दछ । सेक्स एउटा मुटुको व्यायाम पनि हो जसबाट प्रति घण्टा १७० क्यालोरी घट्ने गर्दछ ।

१०. मेटाबोलिजम बढाउने गर्दछः
सेक्सले तपाईंको मुटुको गति र सञ्चारमा वृद्धि गर्दछ जसले शरिरको मेटाबोलिजमलाई राम्रो बनाउने गर्दछ । सेक्सले शरिरमा कोलेस्ट्रोलको मात्रालाई घटाइदिने गर्दछ जसले हृदयघातको समस्या कम हुने गर्दछ ।

११. शरिरलाई सुगठित बनाउँछः
थुप्रै प्रकारको यौन आसनले भिन्न–भिन्न मांसपेशीको समूहलाई बलियो बनाउने गर्दछ जसले शरिरलाई सुगठित बनाउन मद्दत गर्दछ ।

१२. यसबाट तपाईं सेक्सी महसुस गर्नुहुनेछः
सेक्सले तपाईंको फिटनेस र स्वास्थलाई राम्रो बनाउने गर्दछ । यसले रोगी व्यक्तिहरुलाई रोगसँग लड्न मद्दत गर्दछ र मानसिक रुपमा पनि स्वस्थ बनाउने गर्दछ । यसका साथसाथै सेक्सले जोडिहरुलाई भावनात्मक रुपमा बाँध्ने काम पनि गर्दछ त्यसकारण नियमित सेक्स गर्नु निकै लाभदायक हुने गर्दछ । भिडियो तल छ



यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरैअघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने व्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करूणा कुँवर भने प्रस्ट छिन् । १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन-अनुसन्धान गरिरहेकी करूणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरूको यौन व्यवहार एवम् त्यसले सिर्जना गरिरहेको तनावले धेरै युगल जोडीहरूको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ ।

 जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करूणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने ? त्यसोत प्रेमलापका निम्ति न त कुनै समय हुन्छ न त कुनै नियम । प्रेम गर्नेहरु सारा संसार बिर्सेर प्रेम गर्छन । एकापसमा आलिंगन गर्ने प्रेमीहरुले यो पनि विचार गर्दैनन् कि उनिहरु कहां छन् । अर्को तर्फ प्रेमलाप गर्नेहरु सेक्ससंग जोडिएको कुनैपनि काईदा कानून मान्दैनन् । तर धेरै पटक यस्तोपनि हुन्छ कि सेक्सको चाहना सहयात्री साथीको अनिच्छालॆ पूर्ण नहुन सक्छ । त्यसैले पार्टनरलाई सेक्सका लागि कसरी तयार पार्ने भन्ने विषयमा गंभीरतापूर्वक चिन्तन गर्नु उपयुक्त हुन्छ । यौन क्षमता बृद्धिका लागि धेरै काईदाहरु छन् । यसको निम्ति व्यक्तिलाईपरिस्थिति अनुरुप केहि यस्तो काईदाहरु अपनाउनु राम्रो हुन्छ जसबाट साथी खुशी भएर सेक्सका निम्ति तयार होउन् । यहां त्यस्ता केहि

काईदाहरु बताईएको छ-

१. खानपिन पछि दुबै जना एकार्काको समीप आउने प्रयत्न गर्नुस् ।
२. आफ्नो पार्टनरको गर्दनमा चुम्नुस् ।
३. यदी प्रेयसी खाना तयार गर्दैछिन भने उनको पछि गएर उनलाई आिलंगनमा लिनुस र उनको गला र कांधमा चुम्नुस् । ४. सेक्स गर्नु भन्दा पहिले दुबैले संगै नुहाउनुस र मसिनो स्वरमा आफ्नो प्रेमको प्रस्ताब गर्नुस् ।
५. आफ्नो सहयात्री पार्टनरलाई हल्का साबुन या तेलले मालिस गर्नुस । यस्को सुगन्धले वातावरणमा उत्तेजना ल्याउछ । ६. उनलाई आफ्नो शरीरमा लपेटेर सुत्नको निम्ति आमन्त्रण गर्नुस् र भन्नुस म तिम्रो नजिक आउन चाहन्छु ।

७. आफ्नो पार्टनर साथीको जुन हात जसरी समाते पनि समात्नुस तर पुरा आत्मविश्वासका साथ समात्नुस् ।

८. आफ्नो पार्टनरलाई नम्रतापूर्वक आिलंगन गर्नुस र उनको आंखामा आंखा मिलाएर एकटक उनको आंखामा हेरिरहनुस् ।
९. केहि यस्तो नयां कुरा गर्ने प्रयास गर्नुस तपाईको साथीलाई त्यस्को कल्पना नै नहोस् । गरमा गरम सहवासका लागि उपरोक्त कुराहरुमा अवश्य ध्यान दिनुस् । यसले तपाईको सेक्स लाईफ निकै राम्रो हुन्छ । यो मान्नस कि यदि तपाईको सेक्स जीवन सफल छ भने तपाईको जीवनका समस्याहरुबाट पुरा दृढताकासाथ जुध्न सक्नुहुन्छ र तपाई तमाम् दिक्दारी माथि विजय प्राप्त गर्न सक्नुहुन्छ । एजेन्सी तपाईंलाई फेमिली थेरापिस्ट भन्दा रहेछन् मनोविज्ञानभित्र फेमिली थेरापी कहाँ पर्दो रहेछ ? मनोविज्ञान बृहत् विषय हो । संसारमा भएका सबै परिवर्तन मानव मनोविज्ञानद्वारा सम्भव भएको हो भन्दा फरक पर्दैन । त्यही मानवको एउटा महत्वपूर्ण पाटो उसको परिवार हो ।

एउटा मानिसको मनोविज्ञानले परिवारमा कसरी समस्या आउँछ र त्यसलाई कसरी समाधान गर्ने भन्ने विषय फेमिली थेरापीअन्तर्गत पर्छ । अर्थात्, तपाईंको परिवारका सदस्यमा कुनै समस्या छ भने त्यो समस्याको समाधान फेमिली थेरापिस्टले गर्न सक्छ । तपाईंसँग उपचारका लागि धेरै जोडी आउने गरेको थाहा पाएँ, जोडीका मुख्य समस्याहरू के-के रहेछन् ? पुरूष होस् वा महिला, सुरुमा उहाँहरु आफ्नो पार्टनरको फलानो स्वभाव ठीक छैन, चिलानो व्यवहार राम्रो गर्दैनन् भनेर समस्या लिएर आउँछन् । कुरा गर्दै जाँदा मूल कुरा सेक्समा गएर अड्किन्छ । अर्थात्, कुनै पनि युगल जोडीमा केही समस्या छ भने कुनै न कुनै रूपमा त्यो समस्याको जड सेक्ससम्बन्धी उनीहरुको धारणा र व्यवहारमा प्रकट हुने गरेको मैले पाएँ । सेक्सकै कारण समस्या आएको जोडी कति पाउनु भयो, प्रतिशतमा भन्न सकिन्छ ? ९९ सय प्रतिशत । कुनै जोडी प्रारम्भदेखि नै खुसी छैनन्, वास्तवमै उनीहरूको विवाह इच्छा विपरीत भएको थियो भने बेग्लै कुरा हो, नत्र पछि युगल जोडीमा जति समस्या आउँछन्, त्यसमा कुनै न कुनै रुपमा यौन जोडिएकै हुन्छ । विश्वस्तरका अध्ययनले पनि यही भन्छ, मेरो प्राक्टिसमा पनि यही पाएकी छु ।

केही उदाहरण दिन सकिन्छ ? धेरै जोडी विवाहको ५-७ वर्षपछि मकहाँ समस्या लिएर आउँछन् । त्यो बेला उनीहरुको सम्बन्ध लगभग टुटिसकेको हुन्छ । एक अर्कामा दोषारोपण गर्दा उनीहरू घर ढिला आउने, रक्सी खाने, समय नदिने अथवा श्रीमतीले किचकिच गर्ने, अनावश्यक खर्च गर्ने भनेर दोष लगाउँछन् । तर विवाहको पहिलो वर्ष त्यही व्यवहार किन नराम्रो लागेन भनेर प्रश्न गर्‍यो भने उनीहरु मौन रहन्छन् । पहिलो वर्ष उनीहरुलाई त्यही व्यवहार नराम्रो लाग्दैन, कारण उनीहरूको यौनसम्बन्ध त्यसबेला अहिलेको तुलनामा धेरै राम्रो हुन्छ । त्यो बेला एक अर्कालाई समय दिएका हुन्छन्, उनीहरूको रुप र व्यक्तित्वको बखान भएको हुन्छ । जसै विवाह पुरानो हुँदै जान्छ, ती क्रियाकलापमा कमी आउँछन्, अनि सम्बन्ध बिग्रन थाल्छ । नेपालीहरूको यौन क्रियाकलाप कसरी हुँदोरहेछ, समस्या के पाउनु भयो ? सामान्यतया नेपालीहरुलाई सेक्स गर्न आउँदैन । सेक्स भन्नेबित्तिकै नेपालीको मनमा पुरूष लिङ्ग महिलाको योनीमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जब कि यौनमा त्यो अन्तिम कुरा हो ।

त्यसअघि धेरै भन्ने कुरा, व्यवहार गर्ने कुरा, आकर्षण गर्ने कुरा यौनभित्र पर्छन् । त्यसबारे धेरैले ध्यान दिँदैनन् । मुख्य कुरा सेक्समा पुरूष हावी हुने गरेका छन् । अनि महिलाले पनि पुरूषका लागि आफूले सेक्रिफाइस गरेको ठान्छन् । समस्या यहीँबाट सुरू हुन्छ । वास्तवमा सेक्स कसका लागि, केका लागि भन्ने कुरा हामी प्रस्ट छैनौँ । नेपाली महिलाहरू सेक्समा रमाउन नसक्नुको कारण के पाउनु भयो ? उनीहरुलाई सानैदेखि कुनै न कुनै रूपमा सेक्स खराब कुरा हो भनेर सिकाइएका हुन्छ । विवाहअघि सेक्स गर्नुहुँदैन, परपुरूषसँगको सम्बन्ध पाप हो, पुरूषहरुको काम नै महिलालाई भोग्ने हो भन्नेजस्ता कुरा सुन्दा-सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ । पढेलेखेका महिलाहरुलाई सेक्सको बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरु खुलेर रमाइलो गर्न सक्तैनन् ।

तपाईंले कतिपय महिलाहरू सेक्सका बेला नाङ्गै हुन सक्तैनन्, बत्ती बालेर सेक्स गर्न मान्दैनन् भन्ने कुरा सुन्नुभएको होला । यसको मूल कारण नै उनीहरुमा सेक्सप्रति भएको वितृष्णा हो । जब कि नाङ्गो हुनु सेक्सका लागि अनिवार्यजस्तै हो । नेपालका शहरी क्षेत्रमा महिला-पुरुष सेक्समा उदार हुँदैछन्, यससँगै सेक्समा विभिन्न प्रयोग भएको सुन्न पाइन्छ, यसलाई कसरी लिनु भएको छ ?शहरमा सेक्स टोयका सामग्री बेचविखन हुन थालेका छन् । प्रारम्भमा मलाई पनि सेक्स टोयमा युवा वर्ग मात्र जान्छन् कि भन्ने लागेको थियो, तर एक साताको अध्ययनमा के पाइयो भने सेक्स सपमा सबै वर्गका मानिस जाने रहेछन् । यसले नेपाली समाज सेक्समा उदार हुँदै गएको देखिन्छ । यद्यपि कस्तो सेक्स राम्रो वा नराम्रो भन्ने कुरा दुई जनाबीचको यौन व्यवहारले छुट्याउने कुरा हो ।

 यौन क्रियाकलापका बेला दुवै जना पूर्ण सन्तुष्ट हुन्छन् भने त्यो क्रियाकलाप अरूका लागि अप्राकृतिक भए पनि राम्रो, सन्तुष्ट छैनन् भने हामीले भनेको प्राकृतिक पनि नराम्रो । अहिले गुदा मैथुन, मुख मैथुनको कुरा पनि धेरै हुन थालेका छन्, तपाईंको अध्ययनमा के पाउनु भयो ? विदेशमा विशेषगरी शिक्षित जोडीहरू सेक्समा समान सहभागिता खोज्छन् । कुनै पुरूषलाई मुख मैथुन रमाइलो लाग्छ भने त्यहाँ महिलाले पनि आफूलाई त्यही रुपमा आफ्नो सन्तुष्टिको आधार खोज्छिन् । यही कारण महिलाहरु पनि त्यति नै रमाइलो मान्छन् । नेपालमा भने महिलाहरुले आफ्नो सन्तुष्टिको अधिकारबारे त्यति सचेत छैनन् । आफ्नो पार्टनरले मुख मैथुन वा गुदा मैथुनको कुरा गर्‍यो भने आफू जबरजस्तीमा परेको अनुभव गर्छन् । त्यसमाथि उनीहरुको मनमा सेक्स भन्नेबित्तिकै पुरूष लिङ्ग महिला योनीमा जाने कुरा मात्रै मनमा गढेको छ । सेक्समा मन नमिल्नु वा सेक्सप्रति दुवैको एकनासको शिक्षा नहुनु नै समस्याको कारण हो ।

किशोरीहरूमा हिस्टेरिया भन्ने एउटा परम्परागत रोग देखिन्छ, यसको कारण यौन असन्तुष्टि भन्ने गरिएको छ, खासमा यो के हो ? किशोर वयमा अचानक बेहोस हुने वा अन्य क्रियाकलाप देखाउने रोग भएकाले हिस्टेरियालाई यौनसँग जोडिएको हो । वास्तवमा यो यौनसँग सम्बन्धित हुन पनि सक्छ, नहुन पनि सक्छ । आजभोलि यसलाई कन्भर्जन डिसअर्डर भनिन्छ । पहिलो हिस्टेरिया भएका युवतीलाई विवाह गरिदिँदा यो रोग हराएको पाइयो । कुनै रोग विवाहपछि निको भएको देखेपछि यो यौन असन्तुष्टिसँग सम्बन्धित हो भन्ने व्याख्या गरियो । आजभोलि यौन असन्तुष्टि मात्रै यसको कारण मानिएको छैन, जुनसुकै तनावका कारण पनि हिस्टेरिया हुन सक्छ । विवाहको केही वर्षपछि पुरुषहरू आफ्ना श्रीमतीको यौन चाहना कम भएको भन्ने गर्छन् । उनीहरू परस्त्री गमन गर्न थाल्छन्, फलस्वरूप परिवार विखण्डनको अवस्था आउने गरेको छ । यसको खास कारण के हो ? विवाहको पहिलो वर्ष महिलाहरु पुरूषप्रति जति समर्पित हुन्छन्, त्यो समर्पण सन्तान जन्मिएपछि कम हुँदै जान्छ ।

 उनीहरूको ध्यान आफ्नो श्रीमान्भन्दा छोरा-छोरीप्रति जान्छ तर पुरूषले श्रीमतीबाट त्यही व्यवहार चाहन्छ । त्यो नपाएपछि उसले बाहिर आँखा लगाउन थाल्छ । मसँग आउने धेरै समस्या पनि यसैसँग सम्बन्धित छन् । पारिवारिक समस्याको मूल जरो कतै न कतै यौनसँग सम्बन्धित हुन्छ भन्ने मलाई लाग्न थालेको छ । नेपालमा एकथरि महिला छन्, जसका लागि यौन लाजको विषय हो । तर अर्काथरि महिला यस्ता पनि छन्, जो खुला रूपमा सेक्सका कुरा गर्छन् र आफ्नो स्तन नै आकर्षणको केन्द्र भन्छन्, यसलाई कसरी लिनुहुन्छ ? धेरै महिलाका लागि यौन लाजको विषय हो तर लाजको विषय भन्दैमा उनीहरु त्यसलाई प्रकट गर्दैनन् भन्ने होइन । राम्रो गाजल लगाएर वा चिटिक्क परेर आफ्नो यौनिकता प्रदर्शन गरिरहेका हुन्छन् । मानिस कुनै न कुनै रुपमा आफ्नो चाहाना प्रकट गरिरहेको हुन्छ ।

मेरो विचारमा कसैले आँखामा गाजल लगाउनु र कसैले आधा स्तन खुला छाड्नुमा खासै भिन्नता छैन । दुवैले बाहिरी मानिसलाई आफूतिर आकषिर्त गरिरहेका छन् । यहाँ महिला मात्र होइन, पुरूषले पनि कहिले प|mेन्चकट दारी पालेर होस् वा आफूलाई सफाचट राखेर होस्, आफ्नो यौनिकता प्रदर्शन गरिरहेको हुन्छ । आज तपाईंको पत्रिका सबैले पढ्छन्, किन ? किनभने सबैलाई थाहा छ, यहाँ कुनै न कुनै रुपमा आफ्ना मनभित्रका कुण्ठा, समस्या वा गोप्य कुरा राखिएका हुन्छन् । यौन भनेकै यस्तो कुरा हो, जो कसैले प्रकट गरोस् वा नगरोस्, सबैको आवश्यकताको कुरा हो, प्रकट गर्ने तरिका मात्रै फरक हो । रेखा थापाले कम वस्त्र लगाउँछिन्, त्यसकारण उनी सबैभन्दा बढी यौनेच्छा भएकी महिला हुन् र गाउँले युवती लजाउँछिन्, त्यसैले उनमा यौन इच्छा छैन भन्ने होइन ।

यति हुँदाहुँदै पनि नेपालीहरू किन यति हिप्पोक्र्याट भएका ? किनभने हामीमा यौनका विषयमा शिक्षा नै भएन । आमाले हुर्कंदै गरेकी छोरीलाई, बुबाले उमेर बढ्दै गएको छोरासँग यौनका बारेमा खुलेर कुरा गरेनन् । उनीहरूले यसलाई लाजको विषय भने । शिक्षक-शिक्षिकाले पनि त्यसलाई गोप्य भनिदिए । यसरी जोबाट यौनका विषयमा खुलेर कुरा आउनु पर्ने हो, उनीहरुबाट नै गलत भनेर लान्छना लगाएपछि विचरा यौन कलङ्कित हुने नै भयो । म सभ्य छु भन्नेहरूले यसलाई नराम्रो भन्न बाध्य भए । यो हाम्रो शिक्षाको दोष हो, हाम्रो संस्कारको दोष हो । अहिलेको नयाँ पुस्ता घरमा यौनलाई गलत भनेको सुन्छ, तर इन्टरनेट र साथीभाइका माध्यमबाट सबै कुरा सिकिसक्छ, यस्तो अवस्थालाई कसरी मिलाउने ? यो गम्भीर अवस्था हो । बाहिरबाट आएको ज्ञान खराब पनि हुन सक्छ । घरबाट, विद्यालयबाट उचित तवरले यसलाई सिकाउँदै लैजाने हो भने मानिसले सही ज्ञान पाउँछ, नत्र विकृत व्यक्ति जन्माउँछ । धेरै वर्षअघि हामी केही मनोवैज्ञानिकहरूले थाइल्याण्डमा यही विषयमा चर्चा गरेका थियौँ । अहिले त्यो अवस्था प्रत्येक दिन बढिरहेको छ ।

http://nblo.gs भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस

आफ्नो अभियानले १० औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा ‘रभिजोर’ नामक जापनिज कम्पनीले ‘स्मार्ट ब्रा’ नामक आफ्नो उत्पादनलाई सार्वजनिक गरेको छ । आफूलाई लगाउने व्यक्ति उत्तेजक भएको अवस्थामा यो विशेष प्रकारको ब्रा आफैँ खुल्ने गर्दछ । उक्त स्मार्ट ब्रा ले प्रयोगकर्ताको मुटुको घड्कनको गतिलाई smart braमूल्याङ्कन गर्दै उक्त सूचना स्मार्टफोनको एप्सद्वार ब्लुटुथमार्फत पठाउने गर्दछ । मुटुको धड्कनको चाललाई बुझ्दै प्रयोगकर्ता उत्तेजक भएको कुरा पुष्टि भएपछि ब्रा आफैँ खोलिने कम्पनीले जानकारी दिएको छ । साँचो मायाको मूल्याङ्कनकर्ता नाम दिइएको उक्त ब्रा भने अहिलेसम्म बजारमा उपलब्ध छैन । यद्यपी यो ब्रालाई त्यस्ता व्यक्तिहरुले एकपटक लगाउने सौभाग्य पाउँछन् जसले रभिजोर ब्रान्डका भित्रिवस्त्रहरु true lover testerकिन्न एकैपटक पाँच हजार येन खर्च गर्दछन् । हेरौँ कम्पनीले जारी गरेको अचम्मको प्रोमो भिडियोः (एजेन्सी) - See more at: http://www.ratopati.com/2014/10/30/178324.html#sthash.qPiS9KJP.dpuf भिडियो तल छ


बलिउड नायिका प्रियंका चोपडाकी एक बहिनी प्रवेश गर्दैछिन् । तर, उनको बलिउड प्रवेश सुखद भन्दा पनि हंगामाका साथ हुने देखिएको छ । मनारा हांडाले अभिनय गरेको पहिलो चलचित्र ‘जिद’को पोष्टर सार्वजनिक भएसँगै विवाद बढेको थियो ।

अब, यो सिनेमाको ट्रेलर पनि सार्वजनिक गरिएको छ । जहाँ मनाराले चुम्बनका थुप्रै दृश्य दिएकी छिन् । यस्तै, चलचित्रका पुरुष पात्रसँग उनले दिएको बेड सिन पनि अत्यन्त बोल्ड लाग्छ ।

बलिउडमा चर्चा कमाउनका लागि मनाराले यस्तो दृश्य दिएको सजिलै अड्कल काट्न सकिन्छ । यो सिनेमा चलाउनका लागि भारतका सिनेमा घरहरुले पनि आनाकानी गरिरहेका छन् । नोभेम्बर महिनामा प्रदर्शनमा आउन लागेको सिनेमाको पोष्टर हलमा राख्न नै हल संचालकहरुले मानेका छैनन् ।



सामान्यतः प्रेमका मीठा पलहरुको मजा पुरुषहरु आफ्नो पार्टनरको आँखामा आँखा जुधाएर लिन मन पराउँछन् । तर, एक अध्ययनले अधिकांश पुरुष यौन जीवनको मजा अँधेरोमा आउने गरेको खुलासा गरेको छ।

यसबाट तपाईले यसमा पुरुषको लजालु स्वभाव कारण हुन सक्ने सोच्नु भयो भने गलत हुनेछ । अध्ययनमा अधिकांश पुरुषले सेक्सका लागि रातकै समय रोज्नुमा आफ्नो बढेको वजन बताएका छन् । जसका कारण उनीहरु आफ्नो पार्टनरसँगको अन्तरंग पलमा असहज महसुस गर्दछन् ।

होम डाइट डेलिभरी सर्भिसको यो अध्ययनमा २० देखि ३० वर्ष उमेर समूहका बेलायती नागरिक सहभागी थिए । जसमा अँधेरोमा सेक्सको कारण उनीहरुको बडी कन्फिडेन्सका कम हुनु हो भन्ने विषयमा अध्ययन गरिएको थियो।
तर, सर्भेमा ४५ प्रतिशतले अँधेरोमा परफरमेन्सका कारण स्वयमको ओभरवेट हुनु बताए । जबकि १६ प्रतिशत सोच्छन् कि म केही बढी नै मोटो छु । सर्भेमा ६४प्रतिशत सहभागीले मोटोपनका कारण आफू लाज लाग्ने गरेको बताएका थिए ।


dainiknepal.com

भिडियो तल छ



बलिउड अभिनेत्री सना खान र उनका पति इस्माइल कादर खान पक्राउ परेका छन् । एक युवतीलाई धम्काएको र कुटपिट गरेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।सना र उनका पतिले आफ्नो विवाहको बारेमा खुलासा गरिदिएको भन्दै ती युवतीलाई धम्काएको बताइन्छ ।बिगबोस नामक रियालिटी शोबाट चर्चामा रहेकी सनालाई सलमानले जय हो नामक चलचित्रमा भूमिका दिएका थिए ।उनको नाम सलामान खानसँग पनि जोडिएको थियो ।



भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीको नेपाल भ्रमणले बलिउड सेलिब्रेटीको आगमनमा तिब्रता छाएको छ ।
यो तिब्रताका बीच शाहरुख खान देखि लिएर ऐश्वर्या राय सम्मका सेलिब्रेटी नेपाल आउने खबरसंगै अर्की अभिनेत्री रविना टण्डनको नाम पनि थपिएको छ । शाहरुख र ऐश आउने मिति सार्वजनिक गरिएको छैन् भने रविना आउने मिति सार्वजनिक भएको छ ।

नेपाल जेम एण्ड ज्वलरी एसोसिएशनले आयोजना गर्न लागेको फेशन शोमा सहभागी हुन रविना नेपाल आउन लागेकी हुन । फेशन शो आउँदो  कार्तिक  १९गते हुने बताईएको छ ।
रविना नेपाल आउने सम्बन्धमा आयोजकले एउटा भिडियो म्यासेज समेत सार्वजनिक गरेको छ । ग्ल्यामरस हिरोइनले परिचिति रविना ईन्टरन्याश्नल शो टपरका रुपमा उस्थित हुदैछिन् ।
प्रधानमन्त्री मोदीको सफलता पूर्वक भ्रमण समापन संगै आमिर खान, जीतेन्द्र  कपूर र जरिन खान नेपाल आएका थिए । 

हेर्नुस् रविनाको भिडियो म्यासेज  भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस



दहीमा क्याल्सियमको मात्रा अधिक हुन्छ । यतिमात्र नभएर प्रोटिन, लेक्टोज, आइरन र फस्फोरस पनि दहीमा पाइन्छ । यही कारण दहीलाई अधिक पोषक मानिन्छ । दहीको यही गुणबाट थुप्रै लाभ लिन सकिन्छ ।
-    अनुहारमा दही लगाउनाले छाला कोमल हुन्छ र बिस्तारै निखार पनि आउँछ । दहीले अनुहारको मसाज गर्ने हो भने ब्लिचको काम गर्दछ ।
यसबाट साइड इफेक्ट पनि हुँदैन ।
-    दही सेवन गर्नाले खानेकुरा राम्रोसँग पच्छ ।
-    दहीमा पाइने क्याल्सियमले हाड र दाँत बलियो हुन्छ । यसले अस्टियोपोरिसिसजस्तो रोगसँग लड्न मद्दत गर्छ ।
-    उच्च रक्तचापका रोगीलाई दहीले फाइदा गर्छ । तर, आयुर्वेदका अनुसार राति दही सेवन गर्नु हुँदैन ।
-    दहीमा ज्वानो मिलाएर खाने हो भने कब्जियतमा फाइदा गर्छ ।
-   दही कपालमा लगाउनाले चाया हट्नुका साथै कपाल नरम अनि चमकदार हुन्छ ।


dainiknepal.com भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस

हुन त सन्नी लियोन बलिउडको मसला नै हुन् अहिले ।
उनीसँग कास्ट हुन धेरै कलाकार तयार छन् ।
सन्नी लियोनको पुरानो छवीका कारण उनले पछिल्लो समयमा प्राप्त गरेको सफलतालाई समेत पचाउन नसक्ने पनि छन् । उनको विषयमा अनेक अनेक नकारात्मक समाचार आइरहन्छन् ।
यस्तैमा समाचार आएको छ कि बलिउडमा सिरियल किसरको परिचय बनाएका इमरान हाश्मीले सन्नीसँग रोमान्स गर्न भने अस्वीकार गरेका छन् ।
पोर्नस्टारको छवी भएकी सन्नीसँग काम गर्न अस्वीकार गरिदिएका हुन् इमरान हाश्मीले । उनका साथीहरुले भविष्यमा पनि सन्नीसँग इमरान अभिनयमा देखिने सम्भावना निक्कै कम छ ।तर सन्नी र उनका पतिले भने यो कुरा बकबास मात्र भएको भन्दै खण्डन गरेका छन् । source: nepaliheadlines

निर्भीक नारायण
 (2)अबुधाबी, कात्तिक १२– यु.ए.ई, दुबईको फुजेरामा भएको दुर्घटनामा परी मंगलबार बिहान एक नेपाली किशोरीको   मृत्यु भएको छ ।


काठमाडौँको बौद्धमा घर भै बिगत ५ महिना देखी दुबई फुजेराको प्रोफेसनल सेक्युरिटी सिस्टम कम्पनीमा कार्यरत सेक्युरिटी गर्दै आई रहेकी किशा लामा मंगलबार बिहान यु.ए.ईको समय १०ः३० बजे कोठाबाट कामतर्फ जाँदै गर्दा बाटो पार गर्ने क्रममा अर्को दिशाबाट आउँदै गरेको कारले ठक्कर दिएको थियो ।

ठक्कर लगतै २२ वर्षीय किशोरी किशा लामाको घटनास्थलमै मृत्यु भएको हो । घटना भए लगत्तै शवलाई फुजेराको एक हस्पिटलमा राखिएको जानकारी पाईएको छ।
www.ratopati.com



मुम्बई : बलिउड स्टार सलमान खान नायिकाका लागि 'लक्‍की एक्टर' मानिन्छन्। उनको साथ पाएका अधिकांश नायिका सफल पनि भएका छन्। सलमानले अभिनय गर्ने कुनै चलचित्रको तयारी हुनासाथ कुन नायिकाले अवसर पाउने हो भन्‍ने चर्चा सुरु हुन थाल्छ।

कट्रिना कैफ, सोनाक्षी सिन्हा, जरिन खान, जेक्विलिन फर्नान्डेजलगायतका धेरै नायिका सलमानकै कारण बलिउडमा छाउन सफल भए। अब यो अवसर पाउने भएकी छन् अर्की नायिका सोनाम कपुरले।

समाचारस्रोतका अनुसार सुरज बार्जात्यको नयाँ चलचित्र 'प्रेम रतन धन पायो' मा सलमान खानका साथमा सोनाम कपुरको अभिनय रहने भएको छ। स्टार अभिनेता अनिल कपुर पुत्री सोनामले विभिन्न चलचित्रमा अभिनय गरे पनि सफलताको स्वाद चाख्न पाएकी छैनन्।

सलमानको साथका कारण अब उनको करियरले नयाँ मोड लिन सक्ने चर्चा अहिले बलिउडमा चल्न थालेको छ। छायांकन सुरु भइसकेको यो चलचित्र सन् २०१५ को दीपावलीमा रिलिज गरिने बताइएको छ। -एजेन्सी


annapurnapost.com भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस

संसारकै सबैभन्दा धनाड्या ब्यक्ति हुन् चर्चित सफ्टवेयर कम्पनी माइक्रोसफ्टका मालिक बिल गेट्स । संसारकै धनी ब्यक्ति बिल गेट्सकी एक छोरी छिन् जसको चर्चा सुन्दरताका कारण हुने गर्छ । जेनिफर क्याथरिन गेट्स १८ वर्षकी छिन् । उनको शोख हो घोडा चढ्नु । बिल गेट्सले आफ्नी छोरीलाई घोडा चड्ने अभ्यास गर्नका लागि सहज होस् भनेर फ्लोरिडामा ८४ करोडको विशाल बंगला किनिदिएका छन् ।
Bill Gates daughter 1
यो बंगला पाम बिचमा छ । यो बिचमा प्रत्येक वर्ष विन्टर इक्वेस्ट्रेन फेस्टिवल हुने गर्छ । यो फेस्टिबलमा अमेरिकाका ४९ राजय, ३० देशका २८०० घोड्चडीहरु प्रतियोगिता गर्छन् ।
Bill Gates daughter 1 Bill Gates daughter 1 Bill Gates daughter 1 Bill Gates daughter 1

यो घोड्चडी प्रतियोगिता देख्ने जेनिफरले घरकै कम्पाउण्डमा घोडा चढ्ने अभ्यास गर्छिन् ।
Bill Gates daughter 1 Bill Gates daughter 1 Bill Gates daughter 1 Bill Gates daughter 1

- See more at: http://nepaliheadlines.com/2014-10-29-06-58-12.html#sthash.eIAavFHU.dpuf भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस



काठमाडौं – पूर्वयुवराज पारस शाहको ख्याउटे र जिङ्ग्रिङ्ग परेको ख्याउटे शरीर सञ्चार माध्यममा देखेपछि धेरैले मन दुखाए । चित्त दुखाउनेहरुको चिन्ता देशको पूर्वराजपरिवारको सदस्यको गतिछाडा अबस्थाप्रति थियो । पूर्वराजा ज्ञानेन्द्रले गति छाड्दा जसरी राजतन्त्रले नै हात धुनुपर्यो,त्यसरी नै पारसले गतिछाड्दा थाई प्रहरीले हत्कडी लगाइदियो ।

ज्ञानेन्द्रले समयको गति,जनताको चाहना केही वास्ता नगरी अधिनायकवादी शैलीमा शासन चलाउन खोजेर देशलाई नै बन्धक बनाउन खोजे र त्यसको मूल्य पनि राम्रैसँग चुक्ता गरे । तर,उनको अदूरदर्शिता र गलत संस्कारका कारण उनको सिंगो परिवार भित्र–भित्रै जलेर खरानी हुने अवस्थामा पुगेको छ । पूर्वराजा वीरेन्द्रकी छोरी श्रुतीका श्रीमान गोरखसमशेर दरबारको फुइँ लगाएर विवादमा आएनन् । बरु स्ट्यान्डर्ड चार्टड बैंकको जागिर खाएर परिवार पालेर बसे ।

श्रुतीको हत्यापछि त उनी गुमनाम जस्तै छन्,सार्वजनिक चर्चाको हिसावले । तर ज्ञानेन्द्रका ज्वाई राजबहादुर सिंहले भने ज्ञानेन्द्रको छोरीसँग बिहे गरेको मूल्य राम्रैसँग असुलिरहेका छन् । ज्ञानेन्द्रको शासनकालमा कोरियाको कोटा मिलाइदिन्छु भन्दै उनी र उनको कम्पनी राज ग्रुप प्रालिका म्यानेजर अजेय सुमार्गी मिलेर पूर्वब्रिटिस लाहुरे केवी लिम्बुको दुई करोड रुपैयाँ झ्वाम पारिदिए ।

पैसा माग्दा सेना लगाएर सिध्याउने धम्की दिए । ठमेलका अर्जुन श्रेष्ठ,अनिल श्रेष्ठ,ठल्लुका राजिव श्रेष्ठहरुसँग यामाहा मोटरसाइकल मागेर ज्ञानेन्द्रको छोरी माग्न गएका राजबहादुर अकुत सम्पत्तिका मालिक मात्रै भएका छैनन्,पारस नेपाल फर्किए आफ्नो परस्त्री सम्बन्ध ,अबैध उठबसमाथि पुरै मारिमुंग्री चल्ने भएका कारण पारसलाई नेपाल ल्याउन हुँदैन भनेर निर्मल निवास र नागार्जुन बंगलामा पुगेर कान फुक्न सक्रिय भएको स्रोत बताउँछ ।
धरौटीमा रिहा भएका पारसलाई नेपाल आउनबाट रोक्न सिंहले हिमानीको कान फुकेको समेत बताइन्छ । आजको जनआस्था साप्ताहिमा खबर छ

www.ratopati.com भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस

जुनसुकै कामका लागि आफ्नै बिशेष स्थान हुन्छन् । तर, बैंशले मात्तिएर बेडरुम पुग्न पनि हतार भएझैं सार्वजनिक स्थलमा कारभित्रै काम बिगार्दा एक जोडीको ज्यान गएको छ ।
अमेरिकाको न्यूजर्सीमा हालै एक नौजवान जोडी हराएपछि खोजी सुरु भयो । खोज्दै जाँदा उनीहरुलाई घरको ग्यारेजमा कारभित्र मृत अबस्थामा भेटियो ।
२४ बषिर्य जर्ज रोडि्रगुज र २५ बषिर्य मेलिसा पेरिरा गाडीमा मृत अबस्थामा भेटिए । उनीहरु दुवै जना नग्न थिए र प्राण त्याग्नुअघि यौन कार्यमा लिन भएको प्रष्ट बुझिन्थ्यो ।
आखिर कारभित्र यौन कार्य गर्दा कसरी ज्यान गयो यो जोडीको ?
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुले कारभित्र संर्सग गर्ने क्रममा एसी खोलेको र त्यहाँबाट उत्पादित कार्वन मोनोअक्साइडका कारण उनीहरुको ज्यान गएको निष्र्कष निकालिएको छ ।
चिसो कारलाई तताउन उनीहरुले हिटर चलाएको अनुमान गरिएको छ । परिवारले उनीहरु हराएको सूचना प्रहरीलाई दिएपछि खोजी तिब्र पारिएको थियो । भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस

snake venom effectतस्वीर हेर्दा यो फोटोसपबाट तयार पारिएकेा जस्तो लाग्नसक्छ । तर यो फोटोसप गरिएको नक्कली तस्वीर होइन, एक किशोरीको खुट्टाको वास्तविक तस्वीर हो । सर्पको डसाइबाट चाउरिँदै, सुक्दै तथा कालो हुँदै गएको खुट्टाको यस्तो तस्वीर निकै डरलाग्दो देखिन्छ ।
भेनेजुयलाकी एक १३ वर्षीया किशोरीको खुट्टा यसरी सुक्दै र कुहिँदै गएको छ, सर्पको डसाइका कारण । विषालु सर्पले खुट्टामा डसेपछि उनको खुट्टाका तन्तुहरु मर्दै गएपछि खुट्टा यसरी सुक्दै, गल्दै तथा कालो हुँदै गएको छ ।
इन्टाग्राममा एक प्रयोगकर्ताले उनको यो तस्वीर पोष्ट गरेसँगै यसले निकै चर्चा पाएको छ । सर्पले डसेसँगै सुरुमा स्थानीय परम्परागत विधिबाट उपचार गराउन थाल्दा उनको यस्तो हालत भएको हो । परम्परागत औषधिको भर पर्दा खुट्टा सुक्न र कालो हुन थालेपछि एक महिनापछि ती किशोरीलाई राजधानी काराकासको अस्पतालमा भर्ना गरिएको थियो । तर त्यतिबेलासम्म ढिलो भैसकेको थियो र उनको उपचार सम्भव थिएन । डाक्टरहरुले उनको सुकेको र कुहिएको खुट्टा काटेर फ्याँक्नुको विकल्प नभएको बताएका छन् ।
सर्पको विष सरीरभर नै फैलिएकाले खुट्टा फ्याँकेपछि पनि जोखिम नटर्ने र ती किशोरीको ज्यान समेत जानसक्ने डाक्टरहरु बताउँछन् । विषकै कारण उनको जिउ समेत सुक्दै गएको हुँदा विस्तारै उनको ज्यानै गुम्ने डर छ ।
यसरी विषका कारण सरीरभरका मांसपेशी तथा अन्य तन्तुहरु मर्दै जाने प्रक्रियालाई राब्डोमायोलाइसिस भनिन्छ । यसले मृगौला लगायतका सरीरका अंगहरुमा प्रत्यक्ष असर पुराउँछ ।

भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस



मेष राशिका जोडीकोबीचमा समस्या आइरहन्छ तर कुनै पक्षले अलिकति मात्र समझदारी पुर्‍याएमा भने समस्या समाधान हुन समय लाग्दैन ।
love sign zodaic
वृष राशि
यो राशिका जोडीलाई विवाह बचाउँन मुस्किल पर्छ । खासगरी यो राशिका पुरुष कतिबेला प्रेमी बन्ने कि जीवनसाथी भन्ने अलमलमै जीवन विताउँछन् ।

मिथुन राशि
मिथुन राशिका ब्यक्ति आपसी समझदारी कायम राख्न सबै भन्दा उत्कृष्ठ मानिन्छन् । यो राशिका ब्यक्तिले प्रेमी प्रेमिकालाई साथ पनि दिन्छन् ।
love sign zodaic 1
कर्कट राशि
कर्कट राशिका ब्यक्तिलाई प्रेममा समस्या आइरहन्छ । खासगरी स्वास्थ्य समस्या हुने भएका कारण यो राशिका ब्यक्ति कम बोल्ने हुन्छन् । जसले सम्बन्धमा समस्या आइरहन्छ ।

सिंह राशि
सिंह राशिका ब्यक्तिको प्रेम निकटतामा मात्र सम्भव हुन्छ । टाढा हुने वित्तिकै यिनीहरुसँग सम्बन्धमा समस्या आउँछ । यो राशिका ब्यक्ति प्रेमी प्रेमीकासँग नछुट्टिनु बुद्धिमानी हुन्छ ।


कन्या राशि
कन्या राशिका ब्यक्तिको प्रेममा धेरै उतार चढाव आउँदैन । यिनीहरुको सम्बन्ध निक्कै बलियो हुने हुँदा चाहेर पनि छुटाउन सकिँदैन । तर यो राशिका ब्यक्ति प्रेम ब्यक्त गर्न र परिवारमा भन्न भने डराउँछन् ।
love sign zodaic 2
तुला राशि
तुला राशिका ब्यक्ति प्रेमलाई भन्दा प्रतिष्ठालाई महत्व दिन्छन् । यसले कहिले काँहि प्रेम सम्बन्धमा समस्या ल्याउन सक्छ । कहिले काँहि यिनीहरुको घमण्डले प्रेम नै टुक्रिन सक्छ । तर कहिले भने अत्याधिक झुक्ने बानी समेत यिनीहरुमा हुन्छ ।

वृश्चिक राशि
यो राशिका ब्यक्ति प्रेमको विषयमा निक्कै धेरै सोंच्छन् । सोंच्ने बढी र प्रेम ब्यक्त कम गर्ने समस्या यो राशिका ब्यक्तिमा हुन्छ । यो राशिका ब्यक्तिको प्रेममा उतार चढाव आइरहन्छ ।

धनु राशि
धनु राशिका ब्यक्तिको प्रेममा समस्या आइरहन्छ । प्रेम, जीवन, निजी जीवन तथा कार्यक्षेत्रमा सन्तुलन मिलाउन नसक्दा यिनीहरुले प्रेममा झन्झटको सामना गर्छन् ।

मकर राशि
मकर राशिका ब्यक्तिले अहंकार देखाउने भएका कारण प्रेममा झन्झट ब्यहोर्छन् । यो राशिका ब्यक्तिले प्रेमी प्रेमीकासँग रवाफ देखाउँछन् । यसका कारण प्रेम सम्बन्धमा मधुरता समाप्त हुँदै जान्छ ।

कुम्भ राशि
कुम्भ राशिका ब्यक्तिको जीवनमा सामान्य सामान्य कुराले पनि प्रेम सम्बन्ध गाढा हुने र सामान्य कुराले सम्बन्ध टुट्ने हुन्छ । यो राशिका ब्यक्ति प्रेममा नयाँ पन ल्याउने प्रयास गरिरहन्छन् जुन कहिलेकाँहि प्रेम टुट्ने कारण नै बनिदिन्छ ।

मीन राशि
मीन राशिका ब्यक्तिले प्रेमलाई अत्याधिक महत्व दिन्छन् । अनावश्यक महत्व दिने भएका कारण यो राशिका ब्यक्ति प्रेममा दुःखी भैरहन्छन् । आफ्नो निजी जिन्दगी र प्रेम तथा कार्यालय वा ब्यापारको बिचमा दुरी कायम राख्न सक्दैनन् । अनि समस्या परिरहन्छ ।


nepaliheadlines.com भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस

एजेन्सी । अमेरिकाको युनिभर्सिटी इन्डियानाका सोधकर्ताहरुले एउटा अनौठो अध्ययन सार्वजनिक गरेका छन् । उनीहरुले १४ देखि १७ वर्ष उमेर समुहका युवतीहरुको डायरी अध्ययन गरेर उनीहरुले शोध सार्वजनिक गरेका हुन् । अनुसन्धान अनुसार सेक्समा बढी लिप्तहुने युवतीहरु परिक्षामा सधैं फेल हुने निष्कर्ष निकालिएको छ । पढाइका समयमा कक्षामा नबस्ने, क्लास बंक गरेर घुम्ने र असुरक्षीत यौन सम्पर्कका बारेमा गरिएको अध्ययनले यस्तो नतिजा देखाएको हो ।
 १९ वर्षभन्दा कम उमेरका युवतीहरुका बीचमा गरिएको यस अध्ययनले उनीहरुको विद्यालय जीवन र सेक्स जीवनका बीचमा प्रत्यक्ष सम्बन्ध रहेको देखाएको छ । अध्ययनका क्रममा ती युवतीहरुको डायरी अध्ययन गरिएको थियो । डायरीमा उनीहरुले लेखेका, कोरेका शब्द, भाव, र चित्रहरुको अध्ययनबाट नै यो निष्कर्ष निकालिएको थियो । शोध अध्ययनका प्रमुख जे ह्यान्सलले स्कुल बंक गर्ने र परिक्षमा फेल हुने युवतीहरु असुरक्षीत यौन सम्पर्कमा लिप्त हुने गरेको बताएका छन् । अध्ययन अनुसार पढाई राम्रो भएका युवतीहरुले भने सेक्सका बेला सुरक्षीत साधनको प्रयोगमा ध्यान दिएको उल्लेख छ ।



काठमाडौं, कार्तिक ११ - दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औं शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी स्थलमार्गबाट नेपाल आउने चर्चा आएलगत्तै भिट्टामोड-जनकपुर सडकखण्डको स्तरोन्नति हुने भएको छ ।

व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिले समेत उक्त सडकखण्डको तत्काल मर्मतसम्भार गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।

सम्बद्ध पक्षकाअनुसार भारतीय प्रधानमन्त्री मोदी पटनाबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्नु हुनेछ । नेपाल–भारत सीमा भिट्टामोडबाट जनकपुरसम्मको सडकको लम्बाइ १९ किलोमिटर रहेको छ ।

पटनाबाट भिट्टामोड चार घण्टामा आवतजावत गर्न सकिनेछ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले सार्क सम्मेलनमा भाग लिन आउँदा भारतीय प्रधानमन्त्री स्थलमार्गबाट नेपाल प्रवेश गर्नसक्ने भन्ने सूचना मन्त्रालयलाई प्राप्त भएको जानकारी दिए ।

सचिव सिटौलाले भने, ‘भारतीय प्रधानमन्त्री मोदी स्थलमार्गबाट नेपाल प्रवेश गर्ने वा काठमाडौँ आएर जनकपुर जाने दुईवटै सम्भावना रहेको छ । उहाँ स्थलमार्गबाट आउनुहुने सम्भावना रहेकाले सडकको मर्मतको तयारी सुरु गरेका छौँ ।’

कांग्रेसका तर्फबाट धनुषाबाट विजयी सभासद् महेन्द्र यादवले भने भारतीय प्रम मोदी स्थलमार्गबाटै नेपाल आउने सम्भावना प्रवल रहेकाले उक्त सडकखण्ड मर्मतमा विशेष ध्यान दिन आग्रह गर्दै विकास समितिको बैठकबाटै निर्णय समेत गराए ।

गत साउनमा नेपाल भ्रमण गर्नु भएका भारतीय प्रम मोदीले सार्क सम्मेलनमा आउँदा जनकपुरको भ्रमण गर्ने बताएका थिए ।

सचिव सिटौलाले प्राप्त सूचना र तथ्यहरूका आधारमा भिट्टामोड-जनकपुर सडक खण्डको स्तारोन्नती गर्न सडक विभाग तयार रहेको र केही दिनभित्रै सुरु गरिने बताए ।

विकास समितिका सभापति रवीन्द्र अधिकारीले भने सभासद्हरूले बैठकमा भारतीय प्रधानमन्त्री सडकमार्गबाट नेपाल भित्रने भन्ने चर्चा चलेकाले उक्त सडकखण्डको मर्मतका लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिइएको बताए ।


उनले भने, ‘भिट्टामोड–जनकपुर सडकखण्ड सुधार गरेर तयारी अवस्थामा राख्न तत्काल मर्मतसम्भारको काम अगाडि बढाउने निर्णय भएको छ ।’ जनकपुरबाट भारतीय प्रधानमन्त्री मोदी हवाइ मार्गबाट आउने बताइएको छ । रासस 

http://www.ekantipur.com/

भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस

कार्तिक-११, बागलुङ ।
सशस्त्र प्रहरीबलका हवल्दारले तिहार बिदामा घर आउँदा यहाँकी महिलालाइ बलात्कार गरेका छन् । देविस्थान ९ का ३१ बषिर्य दिर्घप्रसाद शेरचनले घाँस काटेर फर्केकी स्थानीय महिलालाई कात्तिक ७ गते बेलुकी बलात्कार गरेका हुन् ।



जबरजस्ती लछारपछार पार्दै लडाएपछि बेहोस भएकी उनलाई बलात्कार गरेका थिए । शेरचन चितवनमा कार्यरत छन् ।टाउको र छातीमा घाउ लागेकी ती महिलाको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुर्तिवाङले पक्राउ गरी शेरचनलाई जिल्ला प्रहरीमा पठाएको छ ।

होसमा आउँदा शेरचनले बलात्कार गरेर भागेका थिए । मैले प्रतिकार गर्दा मार्ने धम्की समेत दिएको थियोु पीडितले भनिन्, बलत्कार गरेर बेहोस भएपछि होस आएपछि सकी नसकी घर पुगें । पीडितका आफन्तले शुक्रबार रातीनै प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट प्रहरीले शेरचनको चप्पल समेत बरामद गरेको छ ।

पीडित महिला टोलाइरहने, डराउने लगायतका लक्षण देखाई रहेकोले महिला विकास कार्यालयले संचालन गरेको अल्पकालिन सेवा केन्द्रले स्वास्थ्य उपचार र कानूनी उपचारको काम थालेको केन्द्रकी कार्यक्रम संयोजक शर्मिला थापाले बताइन् ।

पीडितको धौलागिरी अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षण समेत गरिएको छ । केन्द्रले पुनरावेदन अदालत बार इकाइको सहयोगमा शेरचनलाई अदालतमा मुद्दा दिएपछि म्याद थप गरिएको छ । केन्द्रमा बढीमा १५ दिन सम्म उपचार गरी राख्ने व्यवस्था छ । 
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >



मृत्युदण्ड दिइएकी इरानकी २६ वर्षीया युवती रेहानाले मृत्युपश्चात सबै अंगहरु दान गर्ने इच्छा व्यक्त गर्दै आफ्नी आमालाई निकै मर्मस्पर्शी सन्देश पठाएकी छन् ।
अन्तर्राष्ट्रिय स्तरमा भएका अनेकन प्रयासका बावजुद २६ वर्षीया इरानी युवती रेहाना जब्बारीलाई त्यहाँको सर्वोच्च अदालतले मृत्युदण्ड दियो ।

‘इन्टेरियर डिजाइन’ सम्बन्धी सल्लाह लिन भन्दै भेट गरेपछि जबरजस्ती करणीको प्रयास गर्ने पूर्व इन्टिलिजेन्स अफिसर अब्दोआली सरबन्दीलाई प्रतिकारका क्रममा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा रेहानालाई इरानको सर्वोच्च अदालतले मृत्यु दण्ड दिएको छ । अदालतले हत्या जानी बुझी गरिएको बताएको छ ।
७ वर्षदेखि जेलमा सजाय भोगिरहेकी रेहानालाई २५ अक्टुबरमा फाँसी दिइयो । उनले मृत्युअघि आमालाई सन्देश पठाउँदै मृत्युपछि आफ्ना अंगहरु आवश्यकता भएकाहरुलाई दान गर्ने इच्छा व्यक्त गरेकी थिइन् ।
रेहानाले गत अप्रेल महिनामै यो सन्देश पठाएको भए पनि रेहानाका समर्थकहरुले मृत्युको भोली पल्टमात्रै यो सन्देश सार्वजनिक गरे ।
उनकी आमाले न्यायाधीशसँग पूर्व इन्टिलिजेन्स अफिसर सरबन्दीको हत्या आरोपमा छोरीको सट्टा आफूलाई फाँसी दिन माग गरेकी थिइन् ।
मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले अदालतको आदेशलाई गलत ठहर गरेको छ । एम्नेस्टीका अनुसार जब्बारीले सरबन्दीको हत्या आफूले गरेको बताए पनि त्यसबेला घटनास्थलमा अर्को व्यक्तिको पनि उपस्थिति थियो र हत्या अर्कैले गरेको थियो ।
रेहानाको पत्रको भावार्थः
मेरी प्रिय आमा,
आजै थाहा पाएँ मैले किस्सास (इरानी विधि व्यवस्थामा प्रतिकार कानून) को सामना गर्नुपर्ने छ । म आफ्नो जीवनको अन्तिम अवस्था नजिकै आइपुगेकी छु भन्ने तपाइले अझै स्वीकार गर्न नसक्दा म खिन्न भएकी छु ।
तपाइको उदासीले मलाई निकै सताउँछ । एकपटक तपाइँ र बुवाको हात चुम्ने मौका मलाई किन दिनु हुन्न ?
आमा, यो संसारले मलाई १९ वर्ष बाँच्ने मौका दियो । त्यो कहालीलाग्दो रातमा नै मेरो हत्या हुनु पर्थ्यो । मेरो शव शहरको कुनै कुनामा फालिएको हुनु पर्थ्यो र मेरो शवको पहिचानका लागि प्रहरीले तपाइँलाई बोलाएपछि थाहा पाउनुहुन्थ्यो– हत्या अघि मेरो बलात्कार पनि भएको रहेछ ।
मेरो हत्यारा कहिल्यै पक्राउ पर्ने थिएन किनभने हामीसँग न त उसको जस्तो धन छ, न ताकत नै । त्यसपछि तपाइँ पीडा र लज्जामा बाँच्नु हुन्थ्यो र केही वर्षपछि त्यही पीडाले मर्नुहुन्थ्यो । तर, कुन श्राप ले गर्दा हो त्यसो हुन सकेन ।
मेरो शव त्यसबेला फालिएन तर, इविन जेलको चिहान, त्यो सँगैको एकालास कोठरी र अहिले चिहान जस्तो शहर–ए–रे जेलमा त्यही हुँदैछ । अव यसलाई मेरो भाग्य ठान्नहोला र कसैलाई दोष नदिनु होला । तपाइँलाई थाहा छ मृत्यु जीवनको अन्त्य होइन ।
तपाइँ भन्ने गर्नु हुन्थ्यो नि, हामी अनुभव बटुल्दै त्यसबाट पाठ सिक्न यो संसारमा आउँछौ । मानिस भएर जन्मेपछि हाम्रा केही जिम्मेदारी हुन्छन् र नमरुन्जेल आफ्नो जीम्मेदारी निर्वाह साथै आफ्ना मूल्य को रक्षा गर्नु पर्छ ।
आमा, मलाई एउटा हत्यारा जस्तै गरी अदालतमा उपस्थित गराइयो तर, त्यसबेला मैले कत्ति पनि आँशु बगाइन । मैले आफ्नो जीवन रक्षाको भिक्षा मागिन । मलाई चिच्याउन मन लागेको थियो तर, पनि कानून प्रतिको विश्वासले मैले त्यसो गरिन ।
हामी स्कुल जाँदा ज्ञानी केटी भएर झगडा र गुनासाहरुबाट टाढै रहन तपाइँले हामीलाई सिकाउनुहुन्थ्यो । तपाइँलाई सम्झना छ आमा, हाम्रो व्यवहार देखेर त्यसबेला तपाइँ दिक्क परेको ? तर तपाइँको अनुभव काम लागेन त ।
जब यो घटना भयो, मैले सिकेको ज्ञान केही काम लागेन ।
आमा, तपाइँलाई थाहा छ, मैले एउटा लामखुट्टे पनि मारेकी छैन । साङ्लोे त जुँगा पकडेर बाहिर फालिदिन्थे । तर, अहिले मलाई जानीबुझी हत्यारा बनाइएको छ ।
जनावरप्रतिको मेरो प्रेमलाई अदालतमा ‘क्रुर पुरुष’ को जस्तो भनेर ब्याख्या गरियो तर, न्यायाधीशले घटनाका बेला मेरा नङहरु लामा र सिंगारिएका थिए भन्ने जान्न चाहेनन् ।
एकातिर ‘क्रुर पुरुष’ जस्तो भन्दै कुटियो अर्कोतिर नङ पालिस लगाइएका मेरा औंला हेरेर पनि कुटियो । जब मैले मेरो सौन्दर्यको अन्तिम निशानी कपाल खौरिदिएँ त्यसको पुरस्कार मलाई दिइयो– ११ दिनसम्म कालकोठरीको बास ।
न्यायाधीशसँग न्यायको अपेक्षा गर्नेहरु कति आशावादी हुन्छन् । तर, मलाई न्यायाधीशले मेरा हातहरु बक्सरका जस्ता खस्रा किन छैनन भनेर कहिल्यै सोधनन् ।
र, यो देश जसका प्रति तपाइँले मेरा मनमा मायाको विजारोपण गरिदिनुभएको थियो त्यही देशमा सोधपुछ गर्नेले मलाई निकै अश्लिल गाली गर्दै कुटपिट गरिरहँदा मेरो पक्षमा बोलिदिने कोही छैन, यहाँ म विरानी भएकी छु ।
यो सुनेर नरुनुहोला आमा, प्रहरी कार्यालयमा मलाई पहिलो दिन नै लामा र पालिस लगाइएका नङ देखेर कुटियो ।
मलाई थाहा छ अहिले सौन्दर्यको कदर छैन । अनुहारको सौन्दर्य, विचार र अभिलाषाको सौन्दर्य, सुन्दर लेखोट, आँखा र दृष्टिकोणको सौन्दर्य र मिठो आवाजको सौन्दर्य ।
मेरी प्यारी आमा, मेरो विचारधारा परिवर्तन भएको छ । तर, तपाइँ यसका लागि जिम्मेदार हुनुहुन्न । मेरा शब्दहरुको अन्त्य छैन र मैले यो सबै कसैलाई लेखेर दिएकी छु, यदि तपाइको जानकारी विना नै मलाई फाँसी दिइयो भने यो पत्र तपाइँलाई दिइयोस ।
मैले आफ्नो नासोका रुपमा केही हस्तलिखित दस्तावेज तपाइँका लागि छोडेकी छु ।
आफ्नो मृत्यु भन्दा पहिले म तपाइँलाई केही भन्न चाहन्छु । आमा, म माटो भित्रै कुहिन चाहन्न । म आफ्ना आँखा र जवान मुटु माटो बनुन भन्ने चाहन्न ।
त्यसैले प्रार्थना गर्छु, मृत्युदण्ड पछि चाँडो भन्दा चाँडो मेरो मुटु, मेरा मृगौला, मेरा आँखा, हड्डीहरु र त्यो सबै जसको प्रत्यारोपण गर्न सकिन्छ, मेरो शरीरबाट निकालेर आवश्यक व्यक्तिलाई उपहारका रुपमा दिइयोस ।
मेरा अंगहरु जुन व्यक्तिका लागि दिइन्छ उसलाई मेरो नाम नभन्नु होला । म चाहन्न ऊ मेरा प्रति अनुग्रहित होस र मेरा लागि प्रार्थना गरोस ।
मैले मेरो हृदयदेखि नै तपाइलाई भनिरहेकी छु, तपाइ मेरो चिहानमा आएर दुख व्यक्त गर्नुस र पीडित बन्नुहोस भन्ने म चाहन्न । म तपाइँले कालो लुगा लगाएर मेरो चिहानमा प्रार्थना गर्न आउनुहोस भन्ने चाहन्न ।
मेरा दुखका दिनहरु विर्सिदिनुहोला र मलाई हावाको जिम्मा लगाइदिनुहोला उडाएर निकै पर लैजानका लागि ।
यो संसारले हामीलाई माया गरेन । मेरो भाग्यले त्यसो हुन दिएन । अब म मृत्युलाई अंगाल्दै छु किनभने भगवानको अदालतमा अर्कै इन्सपेक्टर हुनेछन, त्यहाँ मैले इन्स्पेक्टर शामलोउलाई मुद्दा हाल्नेछु, न्यायाधीशहरु र यो मुलुकको सर्वोच्च अदालतको न्यायाधीशहरु जसले म जागै रहँदा सताइरहे उनीहरु विरुद्ध मुद्दा हाल्नेछु ।
सृष्टिकर्ताको अदालतमा मैले ति सबै जसले अज्ञानताबस वा गलत मनसायले मेरो अधिकार खोसे र कहिलेकाहीं वास्तविकता बाहिर देखिए भन्दा फरक हुन्छ भन्ने तथ्यमा ध्यान दिन चाहेनन् ति सबैविरुद्ध आरोपपत्र प्रस्तुत गर्नेछु ।
कोमल हृदयकी मेरी आमा, अर्को संसारमा अरुहरु आरोपित हुनेछन जुनबेला आरोपपत्र दायर गर्ने तपाइँ र म मात्रै हुनेछौं । हेरौं भगवान के चाहँदा रहेछन् ।
नमर्दासम्म म तपाइँलाई अँगालोमा बाँधीरहन चाहन्थे । आइ लभ यु ।
रेहाना
एजेन्सी भिडियो तल छ

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget